‘नेकपाको बिबाद समाधानका लागि यसो गरे कसो होला?’ : राजेन्द्र अर्याल
शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ कार्तिक २४, सोमबार (४ साल अघि)
९७१ पाठक संख्या
– राजेन्द्र अर्याल
सत्तारुढ दल नेकपाभित्रको बिबाद समाधानका लागि यसो गरे कसो होला ?
१. बर्तमान समस्याको समाधानको उपर्युक्त बिकल्प महाधिवेशन भएकोले महाधिवेशनको तयारी तीब्रताकासाथ अघि बढाउन वरिष्ठ नेता माधव नेपाललाई महाधिवेशन सम्बन्धि अधिकार सहित जिम्मा दिने।कार्यकारी अध्यक्षले पार्टीको समग्र काम हेर्ने र अध्यक्षद्वयले महाधिवेशन सम्बन्धि अनुगमन गर्ने।
२. शिर्षनेताहरुको ब्यबस्थापनका लागि आगामी अध्यक्ष , राष्ट्रपति, प्रधानमन्त्रीमा सहमतीय ढंगले अघि बढ्ने।
३. सचिवालय संख्या बढाएर १५/१७ बनाई दोश्रो पुस्ताका नेताहरुलाई लैजाने।
४. सरकारका कामलाई अझ प्रभावकारी बनाउन स्थायी समितिको निर्णय अनुसार मन्त्रीमण्डल पुनर्गठन गर्ने। सरकारलाई पार्टीबाट पुर्ण साथ सहयोग गर्दै सरकारले गरेका कामको जनस्तरमा राम्रो सन्देश प्रवाह गर्ने।
५. अहिलेको अन्तरविरोध, कटुता, नेतृत्व वीचको असमझदारी हटाउदै एकताको रक्षा विकासका लागि एकताको मर्म भवना र एकता हुदा बनाएको सहमतीय विधि अनुसार अघि बढ्दै स्थायी समितिले गरेका निर्णयहरुको इमन्दारिताका साथ कार्यान्वयन गर्दै परिभाषित काममा केन्द्रित हुने ।
देश र जनता भन्दा माथी कोहि छैनन भन्ने शाश्वत सत्यलाई सबैले अगाल्नुको विकल्प छैन। जनमतको भावना, सहीदहरुको रगत, कार्यकर्ताको रगत पसिना र अहिलेको चुनैतीपुर्ण संकट नेतृत्वले स्मरण गर्न जरुरी छ ।
यसबाट मात्र राजनीतिक स्थायित्व सुनिश्चित गर्न, संविधानको प्रभावकारी कार्यान्वयन र समृद्द नेपाल, सुखी नेपालीको राष्ट्रिय अभियान पूरा गर्दै समाजबादको यात्रा तय हुन सक्छ।
लेखक नेकपा निकट (प्रेस चौतारी)का पूर्व केन्द्रीय अध्यक्ष समेत हुनुहुन्छ ।