२०८१ आश्विन २७, आईतबार
काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल रुसबाट स्वदेश फर्किएका छन् ।
रुसी कम्युनिष्ट पार्टीले आयोजना गरेको ‘साउथ एशिया इकोनोमिक फोरमको अन्तर्राष्ट्रिय सम्मेलन’ को प्यानल डिस्कसनमा भाग लिन रुसको मस्को गएका अध्यक्ष नेपाल आज शनिवार दिउसो फर्किएका हुन् ।
मस्कोमा गत सोमबारदेखि शुक्रबारसम्म रुसी कम्युनिष्ट पार्टीले विश्वका कम्युनिष्ट पार्टीहरूको सम्मेलन आयोजना गरेको थियो । सोही क्रममा आयोजित उक्त प्यानल डिस्कसनमा अध्यक्ष नेपाल सहभागी भएका थिए । सम्मेलनमा नेपाल, चीनलगायत विभिन्न देशका कम्युनिष्ट नेताहरू सहभागी भएको बताइन्छ ।
अध्यक्ष नेपाल गत सोमबार राति क्वालालम्पुर हुँदै मस्को गएका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar