२०८१ आश्विन २७, आईतबार
काठमाडौं – नेकपा (एकीकृत समाजवादी) पार्टीका कार्यबाहक अध्यक्ष राजेन्द्र प्रसाद पाण्डे र क्युबाली कार्यवाहक राजदूत अवेल अवेली डिपेग्नीबीच भेटवार्ता भएको छ।
आज सोमबार एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा अध्यक्ष पाण्डे र अवेलीबीच भेटवार्ता भएको हो। भेटमा २०२२ देखि अमेरिकाले क्युबालाई आतंककारी देशको सूचीमा राखेको राजदूत अवेलीले जानकारी गराउनु भएको थियो। अवेलीले क्युबाका जनता असाध्यै कष्ट र सङ्घर्षमा बाँचिरहेको बताउनुभयो। अवेलीले क्युबाको वर्तमान अवस्थाबारे जानकारी गराउँदै नेपालले क्युबाको पक्षमा बोल्न पनि अनुरोध गर्नुभएको थियो । साथै उहाँले अमेरिकाले घोषणा गरेको आतंककारी मुलुकको सूचीबाट हटाउनका निम्ति क्युबासँग ऐक्यवद्धता जनाउन पनि एकीकृत समाजवादीलाई अनुरोध गर्नुभएको थियो ।
पार्टीका कार्यवाहक अध्यक्ष पाण्डेले राजदूत अवेलीको प्रस्तावलाई गम्भीर रूपमा लिएको बताउनुभयो। अध्यक्ष पाण्डेले आफूहरू क्युबाली जनताको स्वतन्त्र, सार्वभौमिकताको पक्षमा रहेको स्पष्ट पार्नुभयो। साथै कार्यबाहक अध्यक्ष पाण्डेले अमेरिकाले क्युबालाई आतंककारी देशको सूचीमा राख्नु बेठिक कुरा भएको बताउनुभयो। साथै पाण्डेले अमेरिकी सरकारसँग क्युबालाई आतंककारी देशको सूचिमा नराख्न अपिल गर्नुभएको छ। उहाँले भन्नुभयो, ‘हाम्रो पार्टी क्वीवाली जनताको पक्षमा छ। त्यहाँको कम्युनिष्ट पार्टीसँग राम्रो सम्बन्ध राख्न र थप घनिष्ठ सम्बन्ध राख्न चाहान्छ। हामी क्युबाको क्रान्तिकारी इतिहासप्रति गर्वगर्छौँ। शक्तिशाली देश अमेरिकाको नजिकै रहेको समाजवादी देश क्युबाले साम्राज्यवादी विरुद्ध दृढतापूर्वक शिर ठाडो पारेर लडिरहेको प्रति गर्व गर्छौं।’
राजदूत अवेलीले क्युबाली जनताको एकता, साम्राज्यवाद प्रतिको घृणा र क्युबाली नेताहरूको कुशल नेतृत्वका कारण अमेरिकासँग नझुकिकन वर्षौँदेखि भिडिरहेको बताउनुभयो।
क्युबाले लामो समयदेखि नाकाबन्दीको सामना गरिरहेको छ। भेटमा पार्टीका नवनिर्वाचित उपाध्यक्ष जगन्नाथ खतिवडा, पोलिट्ब्युरो सदस्य सुदेश पराजुली, केन्द्रीय सदस्य माधव पन्तलगायत नेताहरूको सहभागिता थियो।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar