२०८१ आश्विन २७, आईतबार
धादिङ – देशभरका महिला जनप्रतिनिधिहरूबाट छानिने शी लिड्स आइकनमा धादिङको सिद्धलेक गाउँपालिकाको उपाध्यक्ष सविता अर्याल छनौट भएकी छन् ।
कल्प इम्पावर विमेन नेपालले आयोजना गरेको ‘हामी खोज्दैछौँ हाम्रा प्रतिनिधि’ भन्ने कार्यक्रमको शी लिड्स आइकनमा सिद्धलेक गाउँपालिकाकी उपाध्यक्ष अर्याल छनोट भएकी हुन् । देशभरका महिला जनप्रतिनिधिहरूको बिचमा प्रतिस्पर्धा र समन्वयकारी भावनाको विकास गराई समाज विकासमा महत्वपूर्ण योगदान पु¥याउने उद्देश्यका साथ आयोजित कार्यक्रमले नेपाली महिला जनप्रतिनिधिहरूको विगत , वर्तमान र भविष्यको उर्जा शिल कर्म गाथा हेरेर विश्व भरका महिलाहरूमा प्रेरणा र हौसला पुग्ने अध्यक्ष पुजा कोइरालाले बताइन् ।
पहिलो चरणमा छनौट भएका अर्याल सहित २८ जना लाई जनमतमा लगिने र त्यहाँबाट उत्कृष्ट मत ल्याउने ७ जना यो वर्षको शी लिड्स आइकनमा चयन हुने कल्प इम्पा वर विमेन नेपालकी अध्यक्ष कोइरालाले बताइन् । नेपाली महिलाहरूले भोग्दै आएका तमाम विभेद, दमन, अपहेलना र अमानवीयता समेतलाई सामना गर्दै राजनैतिक क्षेत्रमा नेतृत्वदायी भूमिकामा पुग्न सफल जनप्रतिनिधि महिलाहरू आइकनको प्रतिस्पर्धामा छनौट भएको बताईएको छ ।
२०८० असोज १० देखि २०८१ बैशाख १ गते को अवधिमा देशभरका स्थानीय तहका महिला जनप्रतिनिधिहरूबाट भएको कार्य सम्पादनलाई छनौटको मुख्य आधार मानिएको आयोजक संस्थाले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar