२०८१ आश्विन २७, आईतबार
काठमाडौं – भियतनाममा ‘यागी’ नाम दिइएको शक्तिशाली तुफानले ६० जनाभन्दा बढीको मृत्यु भएको छ ।
तुफानले फुथोक प्रान्तको फोङचाउ पुल भत्किँदा सवारी साधनहरु रेड नदीमा खस्दा कम्तिमा १३ जना बेपत्ता छन् । २४० भन्दा बढी मानिसहरु घाइते छन् । विद्यालयहरु बन्द गरिएको छ ।
तुफानले उत्तरी क्षेत्रको जनजीवन अस्तव्यस्त छ । ठाउँ–ठाउँमा बाढी र पहिरोले सडकहरु अवरुद्ध छन् । घरहरु उजाडिएका छन् । विद्युत आपूर्ति बन्द हुँदा १५ लाख भन्दा बढी मानिस प्रभावित भएका छन् । तटीय क्षेत्रबाट करिब ५० हजार जनालाई सुरक्षित स्थानमा सारिएको छ ।
तुफान शक्तिशाली र विनाशकारी भएकाले यसलाई ‘सुपर टाइफुन’ भनिएको छ । ‘सुपर टाइफुन’ शनिबार भियतनामको भूमिमा बज्रिएको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar