२०७९ जेष्ठ १४, शनिबार
४ असार, धादिङ – क्वारेन्टिन व्यवस्थापनका लागी फोकस नेपाल धादिङले सिद्धलेक गाउँपालिकालाई २० थान सर्जिकल वेड हस्तान्तरण गरेको छ ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमणलाई मध्यनजर गर्दै क्रिष्चीयन एड नेपालसँगको साझेदारिमा फोकस नेपालले सिद्धलेक गाउँपालिकालाई २० थान सर्जिकल बेड हस्तान्तरण गरेको हो ।
कोरोना भाइरस (कोभिड-१९)को संक्रमण बढ्न नदिन गाँउपालिकाले निर्माण गर्न लागेको आईसोलेशन तथा क्वारेन्टिन व्यवस्थापनका लागि २० थान सेमी फोल्डीङ सर्जिकल वेड तथा आवश्यक स्वास्थ्य सामाग्री गाउँपालिका अध्यक्षलाई हस्तान्तरण गरेको फोकस नेपालका कार्यक्रम संयोजक जिवन सिलवालले बताउनुभयो ।
कार्यक्रम संयोजक सिलवालका अनुसार क्रिष्चीयन एडसँगको साझेदारिमा फोकस नेपालले सिद्धलेक गाउँपालिकालाई ८० बेड क्षमताको लागी आवश्यक क्वारेन्टाईन सामग्री समेत हस्तान्तरण गर्नेछ । सोहि कार्यक्रम अनुसार बिहिबार नागेश्वरी आधारभुत बिद्यालय बुङचुङलाई २० थान सर्जिकल बेड हस्तान्तरण गरिएको र बाँकी ६० थान सर्जिकल बेड आगामी दिनमा हस्तान्तरण गरिने समेत सिलवालले बताउनुभयो । सोमाबार भित्र गाउँपालिकाले तोकेको स्थानहरुका लागि गोल्मारानी आधारभुत विद्यालय परेवाटारमा २० थान, महाकाली मावि पिपलटारमा २० थान र जलेश्वरी मावि सलाङघाटमा २० थान वितरण गरिने छ ।
हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष कमला शर्मा(अधिकारी), प्रमुख प्रशाशकिय अधिकृत धनेश्वर पौडेल, बिभिन्न वडाका वडाध्यक्षहरु, फोकस नेपालका कार्यसमिति सदस्य तोला कुमारी पाठक लगाएतको सहभागीता रहेको थियो ।
फोकस नेपालले गाउँपालिकाका ७ सय १३ घर परिवारलाई खाद्यान्न राहत समेत वितरण गरिसकेको छ । त्यस्तै गाउँपालिकालाई ३० थान पिपिई, ६५ थान एन ९५ मास्क,१३ थान थर्मलगन लगाएतको स्वास्थ्य सामग्री हस्तान्तरण समेत गरीसकेको छ ।
अनामनगर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
प्रधान सम्पादक :
विवेक अर्याल ९८५१२२०८२०
कुवेत प्रतिनिधि : कमल सिंह