एजेन्सी– थाइल्यान्डमा एक व्यक्तिले आफ्नै विवाहमा बेहुलीसहित चार जनालाई गोली हानेका छन् ।
थाइल्यान्डका पूर्वसैनिक तथा पौडी खेलाडी २९ वर्षीय चतुरोङ सुक्सुकले आफ्नो विवाहमा आफैँलाई गोली हान्नुअघि दुलही ४४ वर्षीया कञ्चना पचुन्थुक र अरू तीन जनालाई गोली हानेको प्रहरीलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।
विवाह समारोह चलिरहेका बेला समारोह छोडेर निस्किएका बेहुला केहीबेरमा बन्दुक लिएर आई गोली चलाएका बीबीसीको खबरमा उल्लेख छ ।
गोली लागेका सबैको ज्यान गएको प्रहरीले जनाएको छ । गोली चलाउनुको कारण भने खुलेको छैन ।
चतुरोङले गएको वर्ष इन्डोनेसियामा भएको एसियन पारा गेम्स पौडीमा रजत पदक जितेका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar