एजेन्सी– इजरायली सेनाले उत्तरी गाजा क्षेत्रमा बसोबास गर्ने ११ लाख प्यालेस्टिनीलाई २४ घण्टाभित्र दक्षिण गाजामा जान उर्दी जारी गरेको छ ।
इजरायलले उत्तरी गाजामा स्थल आक्रमण गर्ने भन्दै सर्वसाधारणलाई दक्षिणी गाजा जान भनेको हो ।
अहिले इजरायलले गाजासँगको सीमा क्षेत्रमा ठूलो सङ्ख्यामा आफ्ना सैनिक तैनाथ गरेको बीबीसीले जनाएको छ ।
इजरायली सेनाले उत्तरी गाजा क्षेत्रबाट ११ लाख प्यालेस्टिनीलाई दक्षिण गाजा जान जारी गरेको उर्दी संयुक्त राष्ट्रसङ्घलाई पनि जानकारी गराएको छ । संयुक्त राष्ट्रसङ्घले यति ठूलो सङ्ख्यामा मानिस २४ घण्टामा दक्षिण गाजा जान नसक्ने भन्दै चिन्ता व्यक्त गरेको छ ।
प्यालेस्टिनी विद्रोही समूह हमासले भने उत्तरी गाजामा बसोबास गर्दै आएका प्यालेस्टिनीलाई आफू बसेको ठाउँ नछोड्न भनेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar