काठमाडौं– इजरायल र हमासबीच बिहानैदेखि गोलाबारी चलिरहेको छ । बिहानैदेखि दुवै पक्षबाट ठूलो मात्रामा गोलाबारी र रकेट हानाहान भइरहेको छ । जवाफी कारबाही गरिरहेको इजरायलले युद्धका लागि तयार रहेको घोषणा गरेको छ ।
गाजा पट्टीबाट रकेट आक्रमण र इस्लामिक लडाकु समूह हमासका बन्दुकधारीहरु प्रवेश गरेपछि इजराइली प्रतिरक्षा फौज (आईडीएफ) ले युद्धका लागि तयार रहेको घोषणा गरेको बीबीसीले जनाएको छ ।
इजरायली सेनाले निकालेको विज्ञप्तिमा इजरायल युद्धका लागि तयार देशका रूपमा घोषणा गरेको उल्लेख छ । आईडीएफले देशका दक्षिण र मध्य क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित क्षेत्रको नजिक रहन र गाजा वरपरका बासिन्दाहरूलाई सुरक्षित अवस्थामा रहन भनेको छ ।
आईडीएफले गाजा पट्टीमा जवाफी आक्रमण गरिरहेको बताएको छ । हमासले गरेको अप्रत्याशित आक्रमणको झन्डै दुई घन्टापछि आईडीएफले जवाफी आक्रमण शुरु गरेको हो ।
गाजा पट्टीबाट इजरायलतर्फ हमासले गरेको रकेट आक्रमणमा परी मर्ने सङ्ख्या चार जना पुगेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar