एजेन्सी– स्पेनिस डिफेन्डर एमरिक लापोर्टे प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटी छाडेर साउदी प्रो–लिग टोली अल नासर पुगेका छन् । उनलाई साउदी क्लबले २.७५ करोड युरोमा खरिद गरेको हो ।
२९ वर्षीय खेलाडी सन् २०१८ को जनवरीमा एथ्लेटिक बिल्बाओबाट त्यतिबेला क्लब रेकर्ड ५.७ करोड पाउन्डमा सिटीसँग आबद्ध भएका थिए ।
सिटीमा रहँदा उनले क्लबलाई १२ वटा उपाधि दिलाउन सहयोग गरेका थिए । तर, गत सिजन सिटीले ट्रेबल जित्दा उनले मात्र २४ खेल खेल्न पाएका थिए ।
सामाजिक सञ्जालमा लेख्दै लापोर्टेले फ्यान र सहकर्मीहरूलाई धन्यवाद दिएका छन् । ‘साढे पाँच वर्ष अविस्मरणीय रह्यो । थुप्रै सम्झनाहरूलाई म जीवनभर हृदयको नजिक राख्नेछु,’ उनले लेखेका छन् ।
सिटीका लागि १८० खेल खेल्दै उनले १२ गोल गरेका छन् । तर, गत सिजन प्रशिक्षक पेप ग्वार्डिओलालले म्यानुएल अकान्जी र नाथान आकेलाई बढी प्रयोग गरेपछि उनले निकै कम खेल खेल्न पाएका थिए । अझ यो सिजन सिटीले क्रोएसियाका डिफेन्डर जोस्को ग्भार्डिओललाई भित्र्याउन ७।७ करोड पाउन्ड खर्चिएको छ ।
उनी क्रिस्टियानो रोनाल्डोपछि अल नासर पुग्ने अर्का हाइप्रोफाइल खेलाडीको सूचीमा थपिएका छन् । यसअघि क्लबले साडियो माने, मार्सेलो ब्रोजोभिच, एलेक्स टेलेस र सेको फोफानालाई अनुबन्ध गरिसकेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar