काठमाडौं– कोशी प्रदेशमा अहिलेसम्म डेङ्गी सङ्क्रमणबाट १४ जनाले ज्यान गुमाएका छन् । २२ हजार दुई सय ३७ जना सङ्क्रमित भएका छन् ।
डेङ्गीबाट सबैभन्दा धेरै सुनसरी जिल्ला प्रभावित छ । सुनसरीमा मात्रै १२ जनाले ज्यान गुमाएका प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका जनस्वास्थ्य अधिकृत विवेचना चम्लागाईँले जानकारी दिइन् । उनका अनुसार सुनसरीमा मात्रै झण्डै १६ हजार जना सङ्क्रमित भएका छन् ।
कोशी प्रदेशको सुनसरीसहित १४ वटै जिल्लामा डेङ्गीको सङ्क्रमण फैलिएको छ । उनका अनुसार मोरङमा तीन हजार तीन सय ६३ सङ्क्रमित हुँदा एक जनाको ज्यान गएको छ । झापामा एक हजार चार सय २० सङ्क्रमित छन् ।
झापामा पनि एक जनाको ज्यान गएको तथ्याङ्क छ । देशका ७५ वटा जिल्लामा डेङ्गी फैलिएको छ ।
स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार कर्णालीको मुगु र हुम्लामा यसवर्ष डेङ्गीको सङ्क्रमण भेटिएको छैन ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar