एजेन्सी– इटलीको द्विप लेन्पेडुसा नजिकै एउटा डुङ्गा दुर्घटना हुँदा ४१ आप्रवासीको मृत्यु भएको छ । दुर्घटनामा बाँचेका चार जनाले स्थानीय मिडियासँग घटनाबारे कुराकानी गरेका छन् ।
दुर्घटनामा ज्यान जोगाएका प्रवासीले उद्धारकर्मीसँगको संवादमा उनीहरू ट्युनिसियाबाट इटली जान लागेको बताए ।
यी चारै आप्रवासी आइभोरी कोस्ट र गिनीका बासिन्दा हुन् र बुधवार उनीहरू लेन्पेडुसा पुगे ।
उनीहरूका अनुसार स्फेक्स पोर्ट सिटीबाट ४५ जना डुङ्गामा सवार भए तर केही घण्टापछि नै उनीहरू चढेको डुङ्गा डुब्यो । त्यहाँबाट यात्रा गरिरहेको एउटा कार्गो सिपले उनीहरूलाई बचाएको र इटलीको कोस्ट गार्डलाई सुम्पिएको बताए ।
कोस्ट गार्डका अनुसार आइतबार यो इलाकामा दुई वटा डुङ्गा डुबेका थिए तर यी बाँचेका मानिस कुन डुङ्गाका हुन् भन्ने स्पष्ट जानकारी छैन ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar