काठमाडौं– नागरिकता विधेयक प्रमाणीकरण विरूद्धको रिट हेर्न नभ्याइनेमा राखिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयकविरूद्ध परेको रिट आज न्यायाधीशद्वय कुमार रेग्मी र हरिप्रसाद फुयालको इजलासमा परेको थियो। तर अहिले उक्त रिट हेर्न नभ्याइनेमा राखिएको हो ।
आज दिउँसो खाजापछि उक्त रिट हेर्ने भनिएको थियो। बहस गर्न दुबै पक्ष उपस्थित हुन भनिएको थियो। तर खाजा समयपछि अन्य दुइटा मुद्दा पनि हेर्न बाँकी रहेको हुँदा हेर्न नभ्याइनेमा राखिएको हो ।
रिट निवेदक वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने र सुरेन्द्र भण्डारीले पनि यस रिटमाथि बहस गर्न दिनभरि चाहिने माग राखेका थिए। त्यसपछि न्यायाधीशले यसलाई हेर्न नभ्याइनेमा राखेको न्यौपानेले बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar