२० भदौ,काठमाण्डौ – ललितपुरस्थित नख्खु कारागारभित्र कैदीबन्दीबीच झडप भएको छ ।
कैदीबन्दीबीच झडप भएपछि जिल्ला प्रहरी परिसर ललितपुरबाट थप सुरक्षा व्यवस्था टोली परिचालन गरिएको बताइएको छ ।
परिसर ललितपुरका प्रवक्ता एसपी प्रज्वल महर्जनका अनुसार कारागारमा रहेको होटलमा खानाको मूल्यदर बढाइएको विषयमा विवाद भएपछि झडप भएको छ । जेलभित्रको पसलहरूमा महँगी अत्यधिक बढाइएको, सेवा सुविधा पारदर्शी नभएको लगायतका विषयमा असन्तुष्टि जनाउँदै कैदीबन्दीले नाराबाजी गरेका छन् भने सो क्रममा तनावको अवस्था सिर्जना भएको छ ।
झडपपछि कारागारभित्रै नाराजुलुस र झडप हुने सम्भावनालाई ध्यान दिँदै थप टोली पठाइएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar