• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ अषाढ २८, शनिबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

लुम्बिनी प्रदेशका कांग्रेस महामन्त्री खनाल पार्टीबाट निष्काशित

२ दिन अघि
२

गुजरातमा पुरानो पुल भाँचिँदा ९ जनाको मृत्यु

३ दिन अघि
३

म्याग्दीको धौलागिरिमा पहिरो खस्दा नदी थुनियो

३ दिन अघि
४

राप्रपा र रास्वपाद्धारा आज पनि प्रतिनिधिसभा बैठक बहिष्कार

३ दिन अघि
५

त्रिविको उपकुलपतिमा डा दीपक अर्याल नियुक्त

३ दिन अघि
६

चालु आवको बजेट निकासा गर्ने आज अन्तिम दिन

३ दिन अघि
७

स्वास्थ्य बीमामा आबद्ध नागरिकलाई अब दुई लाखसम्मको उपचार सुविधा

३ दिन अघि
८

स्ट्रिट क्रिकेट लिग असोजमा

३ दिन अघि
९

स्वास्थ्य बीमाबाट दुई लाखसम्मको उपचार सुविधा पाउने स्वास्थ्य मन्त्री पौडेलको घोषणा

३ दिन अघि
१०

बाढीपहिरोका कारण १० राजमार्ग पूर्ण रूपमा अवरुद्ध

३ दिन अघि
११

‘माग्ने राजा’को पहिलो गीत सार्वजनिक

३ दिन अघि
१२

नयाँ चलचित्रको तयारीमा नीता

३ दिन अघि

महिनाभर प्रचलित रहेका

  • press met १

    हेटौँडामा नेकोस कप राष्ट्रिय महिला भलिबल र स्केटिङ प्रतियोगिता हुँदै

    ३ हफ्ता अघि
  • WhatsApp Image 2025-06-27 at 21.36.24 २

    बैदेशिक कार्यक्रममा ब्यस्त मोडल ग्रिश्मा

    २ हफ्ता अघि
  • keshab shrestha ३

    ‘सुसाइड नोट’ लेखेर डाक्टर बेपत्ता : आत्महत्या गरेको आशंका

    ३ हफ्ता अघि
  • rajendra ४

    कुलिङ पिरियडको व्यवस्था हेरफेरमा संलग्नलाई कडा कारबाही गर्न राजेन्द्र पाण्डेको माग

    १ हफ्ता अघि
  • skt mak ५

    स्केटिङ संघ मकवानपुरको अध्यक्षमा कुमारी तितुङ चयन

    २ हफ्ता अघि
  • arun tiwari and durge ६

     दुर्गेशले अस्ट्रेलियामा दुस्मन हेरेको हेर्यै टुर गर्ने

    २ हफ्ता अघि
  • charaudi ७

    धादिङको बेनिघाट रोराङमा अन्त्येष्टि गरिँदै गरेको चिता बाढीले बगायो

    ४ दिन अघि
  • trisuli nadi badhi ८

    रसुवादेखि धादिङको वेनिघाटसम्म सतर्कता अपनाउन आग्रह

    ४ दिन अघि
  • blast ९

    इजरायल–इरानबीचको सैन्य झडप तीव्र : टेलिभिजन प्रशारणमै आक्रमण

    ३ हफ्ता अघि
  • kp oli cabinet baithak १०

    प्रधानमन्त्री ओलीले आह्वान गरे मन्त्रिपरिषद बैठक

    ५ दिन अघि
  • मुख्यमन्त्री यादवद्वारा एक वर्षे कार्यप्रगति सार्वजनिक

    शुभयुग संवाददाताप्रकाशित मिति: २०८० माघ ४, बिहिबार (१ साल अघि)
  • ३३६ पाठक संख्या
  • मधेशका-मुख्यमन्त्री-यादवद्वारा-एक-वर्षे-कार्यप्रगती-विवरण-प्रस्तुत1-1024x574

    जनकपुरधाम – मधेस प्रदेश सरकारले एक वर्षको कार्य प्रगति विवरण सार्वजनिक गरेको छ । मधेस स्वाभिमान दिवसको उपलक्ष्यमा बुधबार मुख्यमन्त्री सरोजकुमार यादवले एक वर्षको अवधिमा सम्पन्न गरेका विभिन्न कार्यहरूको विवरण सार्वजनिक गरेका छन् । मुख्यमन्त्री यादवले आफ्नो कार्यकालको एक वर्षमा सफलताका साथ कार्य सम्पादन गरेको दाबी गरेका छन् ।

    भौतिक विकासतर्फ रामजानकी बहुउद्देश्य रंगशालालाई प्रदेश गौरव योजनाको रूपमा राखेर अन्तर्राष्ट्रिय स्तरको रंगशालाको रूपमा निर्माण कार्य सुुरु गरिएको, एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रमअन्तर्गत ३५ किलोमिटर कालोपत्रे सडक निर्माण, आठ वटा पूल निर्माण, प्रादेशिक सडक सञ्जाल निर्माणका लागि गुरुयोजना निर्माण लगायतका निर्माण कार्य गरिएको प्रगति विवरणमा समेटिएको छ । सिँचाइका विभिन्न पाँच वटा योजनाहरू सम्पन्न भएर १ हजार १ सय ४० हेक्टर जग्गा सिञ्चित गरिएको, भूमिगत सिँचाइतर्फ ४५ वटा डिप ट्युबवेल र १५ वटा पावर ड्रिल निर्माण भई करिब ९ सय ८० हेक्टर जग्गामा थप सिँचाइ सुविधा उपलब्ध गराइएको मुख्यमन्त्री यादवले बताए ।

    प्रदेशस्तरका नदी तथा खोलाहरूको नियन्त्रण कार्य आठ वटा जिल्लाहरूमा ८ सय १० किलोमिटर सम्पन्न भई ८ सय ५० हेक्टर जग्गा उकास भएको र आठ वटा अति जोखिमयुक्त वस्तीहरूको संरक्षण भएको मुख्यमन्त्री यादवले बताए ।

    प्रदेश सरकारअन्तर्गत सञ्चालित जलेश्वर, पोखरिया, भारदह र डुमरिया अस्पताललाई ५० बेडमा स्तरोन्नति, नारायणी अस्पताल वीरगञ्ज, गजेन्द्रनारायण सिंहअस्पताल राजविराज र प्रादेशिक अस्पताल जनकपुरमा २५÷२५ बेड र कलैया, गौर, मलंगवा, जलेश्वर र सिरहा अस्पतालमा १५÷१५ बेडको एचडियु स्थापना गरी सेवा प्रदान, प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा लगानी गरेपछि प्रदेशमा बसोवास गर्ने व्यक्तिको औसत आयु ७१ दशमलव ५ वर्ष पुगी बाल तथा मातृ मृत्यु दरमा सुधार आउनुलाई प्रदेश सरकारले स्वास्थ्य क्षेत्रको उपलब्धिमा राखेको छ ।

    आफ्ना सरकारका १० जना मन्त्रीहरूलाई छेउमै राखेर पत्रकार र सरकारका अंगहरू समेतको सहभागितामा प्रगति विवरण सार्वजनिक गरेका मुख्यमन्त्री यादवले भ्रष्टाचार हुन नदिएको र बुलेट ट्रेनकै गतिमा काम गरिरहेको दोहराए । उनले किताब जस्तै निकालेको कार्यप्रगतिमा यसभन्दा पहिलेका मुख्यमन्त्री लालबाबु राउतले पाँच वर्षमा गर्न नसकेको काम आफूले एक वर्षमै गरेको दावी गरेका छन् ।

    प्रदेश सरकारको विषयमा सञ्चारकर्मीहरूले प्रश्न सोधेपछि मुख्यमन्त्री यादवले आंशिक जवाफ दिएर पन्छिएका थिए । सञ्चारकर्मीहरूको जवाफ दिन माइक समातेका मुख्यमन्त्री यादवलाई जनमत पार्टीका कार्यकर्ताले कार्यक्रमस्थलमै गएर भ्रष्टाचारी सरकार भनेर विरोध जनाएपछि उनी रिसाएका थिए । मुख्यमन्त्री यादवले साइकल काण्ड र भ्रष्टाचार आफ्नो सरकारले नगरहेको भन्दै पन्छिएका थिए । जनमत पार्टीका सचिव विपी साह नेतृत्वको समूहले ‘भ्रष्टाचारी सरकार मुर्दावाद, साइकल चोरलाई कारबाही गर’ सहितका नाराबाजी गरेका थिए । विरोधलाई शान्तिपूर्वक सुनेका र सामना गरेका मुख्यमन्त्री यादव प्रदर्शनकारी बाहिरएपछि भने, ‘मेरो सरकारले साइकल काण्ड गरेको हो ?, अनि जनमतको के चाला हो यस्तो ? मेरो सरकार पनि भ्रष्टाचारी हो भने यो सरकारमा किन बस्नुप¥यो ?’ कार्यक्रममा मधेस प्रदेश सरकारका मन्त्री, विभिन्न पार्टीका कार्यकर्ता एवं सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • लुम्बिनी प्रदेशका कांग्रेस महामन्त्री खनाल पार्टीबाट निष्काशित

  • गुजरातमा पुरानो पुल भाँचिँदा ९ जनाको मृत्यु

  • म्याग्दीको धौलागिरिमा पहिरो खस्दा नदी थुनियो

  • राप्रपा र रास्वपाद्धारा आज पनि प्रतिनिधिसभा बैठक बहिष्कार


  • समाचार
  • १

    लुम्बिनी प्रदेशका कांग्रेस महामन्त्री खनाल पार्टीबाट निष्काशित
    २ दिन अघि

  • २

    गुजरातमा पुरानो पुल भाँचिँदा ९ जनाको मृत्यु
    ३ दिन अघि

  • ३

    म्याग्दीको धौलागिरिमा पहिरो खस्दा नदी थुनियो
    ३ दिन अघि

  • ४

    राप्रपा र रास्वपाद्धारा आज पनि प्रतिनिधिसभा बैठक बहिष्कार
    ३ दिन अघि

  • ५

    त्रिविको उपकुलपतिमा डा दीपक अर्याल नियुक्त
    ३ दिन अघि

  • ६

    चालु आवको बजेट निकासा गर्ने आज अन्तिम दिन
    ३ दिन अघि

  • ७

    स्वास्थ्य बीमामा आबद्ध नागरिकलाई अब दुई लाखसम्मको उपचार सुविधा
    ३ दिन अघि

  • ८

    स्ट्रिट क्रिकेट लिग असोजमा
    ३ दिन अघि

  • ९

    स्वास्थ्य बीमाबाट दुई लाखसम्मको उपचार सुविधा पाउने स्वास्थ्य मन्त्री पौडेलको घोषणा
    ३ दिन अघि

  • १०

    बाढीपहिरोका कारण १० राजमार्ग पूर्ण रूपमा अवरुद्ध
    ३ दिन अघि

  • सुभयुग प्रभाव सबै
    United Cement
    १ महिना अघि

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    सामाजिक सञ्जालबाट
    १

    गुजरातमा पुरानो पुल भाँचिँदा ९ जनाको मृत्यु

    subhayug
    २

    एलन मस्कले खोले नयाँ राजनितिक दल

    subhayug
    ३

    भारतमा हटाइयो पाकिस्तानी कलाकारको सामाजिक सञ्जालमा प्रतिबन्ध

    subhayug
    ४

    जापानलाई ३५ प्रतिशतसम्म कर लगाउने ट्रम्पको चेतावनी

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution