काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो कोकिनसँगै एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३२ वर्षीया किमरो साँगी हुन् ।
कतारको दोहाबाट काठमाडौं आएकी उनलाई प्रहरीले बिहान १० बजे पक्राउ गरेको हो । पक्राउ पर्ने ब्यक्ति महिला हुन् । उनी इथोपियाबाट दोहा हुँदै काठमाडौं आएकी थिइन् ।
उनी भारतको मिजोरोम राज्यकी हुन् । प्रहरीको लागु औषध अनुसन्धान ब्युरोको टोलीले उनलाई पक्राउ गरेको हो ।
उनको साथबाट प्रहरीले एक किलो नौ सय ७३ ग्राम कोकिन बरामद गरेको छ । काठमाडौं बाट उनी भुटान जाने तयारीमा थिइन् । प्रहरीले यसबारे थप अनुसन्धान जारी राखेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar