२०८० आश्विन ७, आईतबार
काठमाडौं– गुणस्तर तथा नापतौल कार्यालय, वीरगञ्जका पूर्ववरिष्ठ निरीक्षक शशीभूषण कुमार यादवविरूद्ध झन्डै साढे ४ करोड रुपैयाँ बराबरको भ्रष्टाचारको मुद्दा दायर भएको छ ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यादवविरूद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए ।
उनले आफ्नो नोकरी अवधिभर विभिन्न कार्यालयमा रहँदा आफ्नो परिवारको नाममा जग्गा–जमिन खरिद गरी गैरकानुनी रूपमा अकुत सम्पत्ति आर्जन गरेको उजुरी परेको थियो । उक्त उजुरीमाथि अख्तियारले अनुसन्धान थालेको थियो ।
उनी २०४६ जेठ ८ देखि २०७९ असार मसान्तसम्म सेवा अवधिमा थिए ।दउनको आय–व्ययको विश्लेषण गर्दा ४ करोड ४७ लाख ३४ हजार २१२ रुपैयाँ भ्रष्टाचार गरी आर्जन गरेको पाइएको प्रवक्ता दाहालले बताए ।
उनका अनुसार यादवले भ्रष्टाचार गरेको पुष्टि भएपछि अदालतमा मुद्दा दर्ता गरेको हो । बिगो रकम घर, जग्गा र बैंक मौज्दात समेतबाट जफत गरी लिन एवं सजायको मागसहित मुद्दा दर्ता भएको अख्तियारले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar