• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८० जेष्ठ १६, मंगलबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली subhayug.com धादिङ मुख्यमन्त्री
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

रेशम चौधरीको आममाफीविरुद्ध रिट निवेदन दर्ता

६ घण्टा अघि
२

नवलपुर प्रहरीले बेच्यो बरामद गरिएका दुई सय ७१ सवारीसाधन

६ घण्टा अघि
३

झण्डै साढे ४ करोड भ्रष्टाचार गरेको भन्दै गुणस्तर तथा नापतौल कार्यालयका पूर्ववरिष्ठ निरीक्षकविरूद्ध मुद्दा दायर

७ घण्टा अघि
४

सेयर बजार राताम्मे

७ घण्टा अघि
५

Why Traditional Dating Will Always Overcome Away Algorithms

७ घण्टा अघि
६

‘अखण्ड भारत’को नक्साबाट नेपाल हटाउ भन्न नसके प्रधानमन्त्री किन भारत जानेः ओली

७ घण्टा अघि
७

बजेट कार्यान्वयनमाथिका शंका कामबाट हटाइने अर्थमन्त्री महतको दाबी

७ घण्टा अघि
८

अब हवाई यात्रा गर्दा कोभिड खोप लगाएको प्रमाण नचाहिने

८ घण्टा अघि
९

The Must-Know Tips For an incredible Union

८ घण्टा अघि
१०

महोत्तरीको एनएमबि बैँकमा लुटपाट

८ घण्टा अघि
११

दरबार हत्याकाण्ड र गौर हत्याकाण्डको अनुसन्धान गर्छुः प्रधानमन्त्री

८ घण्टा अघि
१२

नेटफ्लिक्समा पासवर्ड सेयरिङ सुविधा बन्द, पासवर्ड सेयर गर्नुपरे अतिरिक्त शुल्क लाग्ने

९ घण्टा अघि

महिनाभर प्रचलित रहेका

  • jagati licence seting १

    आर्थिक चलखेल गरी जगती यातायात कार्यालयमा ऐन विपरित निजी ट्रायल सेन्टरलाई लाईसेन्स परीक्षाको अनुमति

    १ हफ्ता अघि
  • rajendra sir photo २

    निती तथा कार्यक्रम फिर्ता लिनुपर्ने र पुर्नलेखन गर्नुपर्ने आवश्यकता छैन : सांसद पाण्डे

    १ हफ्ता अघि
  • tek narayan pande ३

    भुटानी शरणार्थी प्रकरण : पक्राउ पर्नुअघि नै पूर्व गृहसचिव पाण्डेले मोबाइल फर्म्याट गरेको खुलाशा

    ३ हफ्ता अघि
  • top ४

    एमाले नेता तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी पक्राउ : प्रहरीले गोप्य राख्यो सुचना

    ३ हफ्ता अघि
  • EPS-korea-nepal ५

    ईपीएसमार्फत कोरिया जाँदा बढी भाडा तिर्नुभो ? अव एसरी गर्नुहोस् उजुरी !

    ३ हफ्ता अघि
  • nepse ६

    नेप्से निरन्तर घट्दो : कारोबार खुम्चियो

    ३ हफ्ता अघि
  • simrik heli crash ७

    सिम्रिक एयरको हेलिकप्टर संखुवासभामा दुर्घटना

    ३ हफ्ता अघि
  • bhutani saranarthi ८

    नक्कली शरणार्थी प्रकरणमा अभियुक्तहरुको बयान : सिंहदरबार र बालुवाटार नै करोड – करोडका लेनदेन गर्ने अखडा

    ६ दिन अघि
  • rajendra silwal ghayal ९

    सलाङघाट

    १ हफ्ता अघि
  • kp oli rajesh १०

    शरणार्थी प्रकरणमा पार्टीको नाम जोडिएपछि झस्कियो एमाले

    ६ दिन अघि
  • आर्थिक चलखेल गरी जगती यातायात कार्यालयमा ऐन विपरित निजी ट्रायल सेन्टरलाई लाईसेन्स परीक्षाको अनुमति

    शुभयुग संवाददाताप्रकाशित मिति: २०८० जेष्ठ ९, मंगलबार (१ हफ्ता अघि)
  • ४०१६ पाठक संख्या
  • jagati licence seting

    भक्तपुर – यातायात व्यवस्था कार्यालय जगती भक्तपुरका कार्यालय प्रमुख शिवकुमार निरौलाले आर्थिक चलखेल गरी प्राईभेट ट्रायल सेन्टरलाई लाईसेन्स परीक्षा स्थलको अनुमति दिएको खुलाशा भएको छ ।

    सवारी चालक अनुमतिपत्रको परीक्षा, वितरण, नवीकरणलगायतका कार्य गर्दै आएको भक्तपुरको यातायात व्यवस्था कार्यालय जगतीले हिजो (जेष्ठ ८ गते सोमबार) देखी लागुहुनेगरी मध्यपुरथिमि राधेराधेस्थित बुढाथोकी ट्रेडर्स एन्ड ट्रेनिङ स्कुल प्रालीलाई सवारी चालक अनुमतिपत्र लाईसेन्सको लिखित परीक्षाको अनुमति दिएर परीक्षा सञ्चालन गरेपछी कार्यालय प्रमुख निरौलाले आर्थिक चलखेल गरी ऐन विपरित् कार्य गरेको खुलाशा भएको हो ।

    हाल लाईसेन्सको प्रयोगात्मक परीक्षा सञ्चालन भइरहेको इजिवे ट्रायल सेन्टरलाई लिखित परीक्षाको अनुमति दिनुपर्नेमा निरौलाले आर्थिक चलखेल गरी ऐन विपरित् त्यस्तो कार्य गरेपछी अहिले सर्वत्र त्यसको विरोध भएको छ । यदी लिखित परीक्षा स्थलको आवस्यकता परे कार्यालयले सम्बन्धित मन्त्रालयसँग छलफल एवं अनुमति लिएर मात्र नियमसङ्गत रूपमा कार्य गर्नुपर्नेमा कार्यालय प्रमुख निरौलाले नियम विपरीत सोझै बुढाथोकी ट्रेडर्स एन्ड ट्रेनिङ स्कुललाई परीक्षा सञ्चालन गर्ने अनुमति दिएपछी उनीमाथी अनियमितता गरेको आरोप लागेको हो ।

    बागमती प्रदेश सरकार श्रम, रोजगार तथा यातायात मन्त्रालयको सवारी चालक अनुमती पत्रको लिखित तथा प्रयोगात्मक परिक्षा स्थल (छनोट तथा सञ्चालन) कार्यविधि २०७८ को बुँदा नं. ३ मा अतिरिक्त प्रयोगात्मक परीक्षा स्थलको छनोट (१) मा हाल सञ्चालनमा रहेको प्रयोगात्मक परिक्षा स्थलका अतिरिक्त कार्यालय थप गर्नुपरेमा सम्बनधीत् मन्त्रालयसंग परामर्श लिएर मात्र नयाँ कार्यालय स्थापना गरी लिखित तथा प्रयोगात्मक परिक्षा स्थल सञ्चालन गर्न पाईने उल्लेख छ । तर कार्यालय प्रमुख निरौलाले भने मन्त्रालयसंग अनुमति नै नलिई सोझै बुढाथोकी ट्रेडर्स एन्ड ट्रेनिङ स्कुललाई लिखित् परिक्षा स्थल सञ्चालन गर्न अनुमति दिएको देखिएको छ ।

    यस विषयमा बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिव अस्मान तामाङले निजी क्षेत्रलाई सोझै लिखित परीक्षा सञ्चालन गर्न अनुमति दिएको बारे आफूलाई कुनै जानकारी नै नभएको बताए । उनले भने, ‘यो विषयमा मलाई कुनै जानकारी छैन, त्यस्तो कार्य गर्न मन्त्रालयसंग छलफल गर्नुपर्ने र अनुमती लिनैपर्ने कार्यविधि छ । यदि त्यसो भएको हो भने त्यो सरासर गलत काम हो र त्यो अनियमितता हो, त्यहाँका कार्यालय प्रमुखले बदमासी काम गरेका रहेछन् आफ्नो परीक्षा कार्यालय हुँदाहुँदै निजी क्षेत्रलाई दिनु बदमासी नै हो, यस विषयमा मेरो ध्यानाकर्षण भयो । म यो विषयमा मन्त्री ज्यू संग छलफल गरी कारवाही गर्छु’ तामाङले भने ।  मन्त्रालयका सचिव तामाङले आफ्नो कार्यालयमा परीक्षा सञ्चालन गर्दागर्दै निजी क्षेत्रलाई परीक्षा सञ्चालन गर्न दिने कुनै कार्यविधि नबनाएको समेत बताए ।

    उता कार्यालय प्रमुख निरौलाले भने कार्यविधि बमोजिम नै परिक्षा स्थल सञ्चालन निजी क्षेत्रलाई दिएको झुटो दाबी गरेका छन् । उनले भने, ‘हामीसंग सवारी चालक अनुमती पत्रको लिखित तथा प्रयोगात्मक परिक्षा स्थल (छनोट तथा सञ्चालन) कार्यविधि २०७८ भन्ने एउटा कार्यविधि छ, सवारी चालक परीक्षा, प्रयोगात्मक परीक्षा स्थल छनोट कार्यविधि, त्यहीअनुसार दिएका हौँ, प्रयोगात्मक परीक्षा सञ्चालन गर्नेले निःशुल्क परीक्षा हल उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ, त्यहीबमोजिम दिएका हौँ ।’ उता निरौलाले कार्यविधि अनुरुप नै बुढाथोकी ट्रेडर्स एन्ड ट्रेनिङ स्कुललाई लिखित् परिक्षा स्थल सञ्चालन गर्न अनुमति दिएको भनेपनि कार्यविधिअनुसार नै दिने हो भने पनि हाल प्रयोगात्मक परीक्षा सञ्चालन भइरहेको इजिवे ट्रायल सेन्टरलाई दिनुपर्ने देखिन्छ । तर निरौलाले भने त्यसो नगरी अनियमितता गर्दै कार्यविधि विपरीत परीक्षा सञ्चालनको अनुमति मनोमानी ढङ्गले दिएको स्पष्ट छ ।

    कार्यालय प्रमुख निरौलाले दाबी गरेकै कार्यविधि विपरीत परीक्षा सञ्चालनको अनुमति मनोमानी ढङ्गले दिएको कार्यालयका एक कर्मचारीले बताए । ती कर्मचारीका अनुसार कार्यालयका अन्य कर्मचारीलाई समेत पत्तो नदिई चलखेल गर्दै हिमालय टाइम्स पत्रिकामा सूचना प्रकाशित गरेर कार्यविधि विपरीत निजी क्षेत्रलाई परीक्षा सञ्चालनको अनुमति दिइएको हो । कार्यालयले बस र मिनीबसको प्रयोगात्मक परीक्षाको अनुमित पनि बुढाथोकी मोटर ड्राइभिङ सेन्टरलाई दिएको छ । सोहि अनुरुप भक्तपुरमा अब बस र मिनीबसको समेत सवारी चालक अनुमतिपत्र लिनका लागि प्रयोगात्मक परीक्षा सञ्चालन बुढाथोकी मोटर ड्राइभिङ सेन्टरमा गर्ने गरी सम्झौता गरेको छ ।  कार्यालय प्रमुख निरौलाले भने, ‘बुढाथोकी ट्रेडर्स एन्ड ट्रेनिङ स्कुल प्रालिलाई बस र मिनीबसको प्रयोगात्मक परीक्षा सञ्चालन गर्न सम्झौता गरिसक्यौँ, मन्त्रालयले कोटा खुलाएपछि सुरु हुन्छ, कार्यविधिमा प्रयोगात्मक परीक्षा जहाँ सञ्चालन हुन्छ, त्यहीँ निःशुल्क परीक्षा हलको व्यवस्था गर्नुपर्ने उल्लेखे छ, त्यहीअनुसार दिइएको हो ।’

    कार्यालय प्रमुखले दाबी गरेअनुसार २०७८ को कार्यविधि भने पनि कार्यालयले हालसम्म यो कार्यविधिलाई टेकेर यस खालको निर्णय नभई आफ्नै कार्यालयमा परीक्षा हलको व्यवस्था गर्दै परीक्षा सञ्चालन गर्दै आएको थियो । कार्यविधिलाई नै मान्ने हो भने पनि उक्त प्रालिलाई बस र मिनीबसको लिखित परीक्षाको मात्रै अनुमति दिनुपर्ने हो तर अनियमितता गर्दै सबैको लिखित परीक्षा एकै ठाउँमा गर्ने सम्झौता गरेको सोहि कार्यालयमा कार्यरत् कर्मचारीकै भनाइ छ । यसबारेमा कार्यालय प्रमुख निरौलाले कार्यविधिअनुसार बस र मिनीबसको प्रयोगात्मक परीक्षा सुरु भए पनि लिखित परीक्षा स्थलको अनुमति दिनुपर्ने भए पनि हाल भएको कार्यालयमा ठाउँ साँघुरो भएको कारण देखाएको बताए । उनले भने, ‘कार्यालयको लिखित परीक्षा सञ्चालन गर्ने हल साँघुरो भो, त्यहाँ ८० जना परीक्षार्थी खाँदेर राख्नुपर्छ, घाम लाग्दा तातो न तातो हुने, पानी पर्दा जस्ताको आवाजले ‘डिस्टर्भ’ हुने भो, कार्यालयमा भीडभाड पनि कम गर्न र परीक्षार्थीको हितका लागि निजी क्षेत्रलाई दिएका हौँ ।’ उनले भने ।

    यता बुढाथोकी ट्रेडर्स एन्ड ट्रेनिङ स्कुल प्रालिका सञ्चालक खगेन्द्र बुढाथोकीले भने आफुहरुले नियमानुसार नै लिखित परीक्षा सञ्चालनको अनुमति पाएको दाबी गरे । कार्यालयले मापदण्ड पूरा गरेको परीक्षा हल निःशुल्क उपलब्ध गराउन बोलपत्र आह्वान गरेपछि बोलपत्र पेस गरेर नै आफ्नो प्रालि नियमानुसार नै छनोटमा परेको उनले बताए । ‘त्यसमा अनियमितताको कुरा आउँदैन, यसले बिचौलियालाई मात्र समस्या पार्ला ’, उनले थपे । ‘हामीले नियमानुसार यातायात कार्यालयले लिने परीक्षा हल निःशुल्क उपलब्ध गराउने सम्झौता गरेका हौँ, चाबहिलस्थित प्रयोगात्मक परीक्षा स्थलमा पनि यसैगरी वर्षौँदेखि लिखित परीक्षा सञ्चालन भइरहेको छ, त्यहाँ जसरी भयो, यहाँ पनि त्यसैगरी भयो ।’ उनले भने ।

    यसअघीपनि उक्त कार्यालयका प्रमुख शिवकुमार निरौलाले आर्थिक चलखेल गरी नयाँ ट्रायल सेन्टरलाई लाईसेन्सको परिक्षास्थल छनोट गरेको भनी प्रश्न उठ्दै आएको थियो । उक्त विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । तर अख्तियारका कर्मचारीलाई समेत मिलाई उनले यस्तो धन्दा गर्दै आएको सोहि कार्यालयमा कार्यरत् एक कर्मचारीले बताए ।

    संघबाट काज सरुवा भई यातायात व्यवस्था कार्यालय जगतीमा आएका कार्यालय प्रमुख निरौलाले बागमती प्रदेशका प्रमुख सचिव मुकुन्द निरौलालाई रिझाई यस्तो अवैध धन्दा चलाउँदै आएको नाम नबताउने शर्तमा सोहि कार्यालयमा कार्यरत् एक कर्मचारीले बताए । उनका अनुसार कार्यालय प्रमुख निरौलाले प्रमुख सचिव निरौलाकै योजनामा बागमती सरकारमा यातायात मन्त्री नभएका बखत् मुख्यमन्त्री शालिकराम जमकट्टेलसंग सेटिङ मिलाएका हुन् । त्यसमा मन्त्रालयका सचिव तामाङले समेत साथ दिएको बताईएको छ ।

     

  • subhayug
  • कार्यालय प्रमुख
  • जगती भक्तपुर
  • प्राईभेट ट्रायल सेन्टर
  • बुढाथोकी ट्रेडर्स एन्ड ट्रेनिङ स्कुल
  • भक्तपुर
  • यातायात व्यवस्था कार्यालय
  • लाईसेन्स परीक्षा स्थल
  • शिवकुमार निरौला
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • रेशम चौधरीको आममाफीविरुद्ध रिट निवेदन दर्ता

  • नवलपुर प्रहरीले बेच्यो बरामद गरिएका दुई सय ७१ सवारीसाधन

  • झण्डै साढे ४ करोड भ्रष्टाचार गरेको भन्दै गुणस्तर तथा नापतौल कार्यालयका पूर्ववरिष्ठ निरीक्षकविरूद्ध मुद्दा दायर

  • सेयर बजार राताम्मे


  • समाचार
  • १

    रेशम चौधरीको आममाफीविरुद्ध रिट निवेदन दर्ता
    ६ घण्टा अघि

  • २

    नवलपुर प्रहरीले बेच्यो बरामद गरिएका दुई सय ७१ सवारीसाधन
    ६ घण्टा अघि

  • ३

    झण्डै साढे ४ करोड भ्रष्टाचार गरेको भन्दै गुणस्तर तथा नापतौल कार्यालयका पूर्ववरिष्ठ निरीक्षकविरूद्ध मुद्दा दायर
    ७ घण्टा अघि

  • ४

    सेयर बजार राताम्मे
    ७ घण्टा अघि

  • ५

    Why Traditional Dating Will Always Overcome Away Algorithms
    ७ घण्टा अघि

  • ६

    ‘अखण्ड भारत’को नक्साबाट नेपाल हटाउ भन्न नसके प्रधानमन्त्री किन भारत जानेः ओली
    ७ घण्टा अघि

  • ७

    बजेट कार्यान्वयनमाथिका शंका कामबाट हटाइने अर्थमन्त्री महतको दाबी
    ७ घण्टा अघि

  • ८

    अब हवाई यात्रा गर्दा कोभिड खोप लगाएको प्रमाण नचाहिने
    ८ घण्टा अघि

  • ९

    The Must-Know Tips For an incredible Union
    ८ घण्टा अघि

  • १०

    महोत्तरीको एनएमबि बैँकमा लुटपाट
    ८ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    rajendra sir photo
    १ हफ्ता अघि

    निती तथा कार्यक्रम फिर्ता लिनुपर्ने र पुर्नलेखन गर्नुपर्ने आवश्यकता छैन : सांसद पाण्डे

    सामाजिक सञ्जालबाट
    १

    पोखरीमा डुबेर ६ जना बालबालिकाको ज्यान गयो

    शुभयुग सम्वाददाता
    २

    भारतको जम्मुमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु

    शुभयुग सम्वाददाता
    ३

    श्रीलङ्काले मेको अन्त्यबाट साप्ताहिक इन्धन कोटा बढाउने

    शुभयुग सम्वाददाता
    ४

    एर्दोगान टर्कीको राष्ट्रपतिमा पुनः विजयी

    शुभयुग सम्वाददाता
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution