
काठमाण्डौ – सत्तारुढ गठबन्धनमा एमसीसीको विपक्षमा रहेका नेताहरुको छुट्टै छलफल सुरु भएको छ ।
आज बस्ने प्रतिनिधिसभा बैठकबारे छलफल गर्न सत्ता गठबन्धनमा रही एमसीसीको विपक्षमा रहेका नेताहरु आन्तरिक छलफलमा जुटेका हुन् । छलफलमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल, जसपा अध्यक्ष उपेन्द्र यादव र माओवादी नेता नारायणकाजी श्रेष्ठ लगायत सहभागी छन् ।
बैठक माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निवास खुमलटारमा छलफल सुरु भएको छ । स्रोतका अनुसार आज शुक्रबार विहान १० बजे सत्ता गठबन्धनको बैठक बस्नुअघि एमसीसी विरोधी नेताहरुबीच छलफल भइरहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
Editor-in-Chief :
Bibek Aryal 9851220820
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar
reporter : Kushal Ale Magar