काठमाण्डौ – नेकपा (एमाले) नेता महेश बस्नेतले पार्टीको संगठन विभागका प्रमुख खगराज अधिकारीलाई उक्त जिम्मेवारीबाट मुक्त गर्न माग गरेका छन् । युवा संघमा अनावश्यक हस्तक्षेप गरेको भन्दै बस्नेतले अधिकारीलाई सामाजिक संजालमार्फत पदमुक्त गर्न माग गरेका छन् ।
‘युवा संघले सचिवालयको अधिकारिक निर्णयबाट भएका फैसला र जिम्मेवारी पाएका साथीहरुलाई फरक निर्णय गर्ने जिम्मा कसले दियो ?’ उनको प्रश्न छ, ‘संगठनको इन्चार्ज , अध्यक्ष समेतसंग परामर्श नगरी संगठनको बारेमा बिभागको आडमा आदेश दिने न्यायपालिकीय अधिकार कसले दियो ?’
संगठनको स्वतन्त्रतामाथि हस्तक्षेप गरेको भन्दै बस्नेतले भनेका छन्, ‘तसर्थ क.खगराज अदिकारीलाई संगठनको जिम्मेवारीबाट तत्काल मुक्त गर्न पार्टी नेतृत्वसंग माग गर्दछु ।’
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar