काठमाण्डौ – निर्वाचन आयोगले आजदेखि मतदाता नामावली संकलन स्थगित गरेको छ ।
आगामी ३० वैशाखमा स्थानीय तहको निर्वाचनको मिति तय गरेसँगै (आज) मंगलबारबाट स्थगित गरेको हो । निर्वाचन आचारसंहिता अनुसार देशभर मतदाता नामावली संकलन हुने कार्यालयलाई आजदेखि मतदाता नामावली संकलन कार्य रोक्न र हालसम्मको विवरण पठाउन निर्देशन दिइएको आयोगका प्रवक्ता शालिकराम शर्माले जानकारी दिए ।
आयोगले मतदाता नामावली प्रकाशनको तयारी गरेको छ । कानूनी व्यवस्था अनुसार निर्वाचनको मिति घोषणापछि मतदाता नामावली संकलन गर्न पाइँदैन । सोही अनुसार आयोगले उक्त कार्य रोकेको हो ।
निर्वाचनको मिति घोषणा भएपछि सोमबार दिउँसो आयोगमा बैठक बसेको थियो । हालसम्म देशभर १ करोड ९० लाख जनाले मतदाता नामावलीमा नाम समावेश गराएको आयोगको प्रारम्भिक तथ्यांक छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar