२०८० मंसिर २१, बिहिबार
नेकपा एकिकृत समाजवादी पार्टी निकट बिद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) ले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ ।
अनेरास्ववियूले बिहीबार एक विज्ञप्ति जारी गर्दै निरन्तर मूल्यवृद्धि हुनु अत्याचारको पराकाष्टा भएको भन्दै खारेज गर्न माग गरेको हो । बुधबार पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासमा भएको मूल्य वृद्धिले जनताको ढाड सेक्ने भन्दै अनेरास्ववियूले भत्र्सना गरेको छ ।
विज्ञप्तिमा लेखिएको छ, ‘निरन्तर रुपमा भइरहेको मूल्य वृद्धि अत्याचारको पराकाष्टा हो । यस्ता जनविरोधी कदमको अनेरास्ववियू घोर भत्र्सना गर्दै श्रृंखलावद्ध रुपमा भइरहेको मूल्य वृद्धि तत्काल खारेज गर्न जोडदार माग गर्दछ ।’ जनताको स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकारको पक्षमा र महंगी, मूल्य वृद्धि जस्ता स्वेच्चाचारी कदमको विरुद्ध अनेरास्ववियूले जस्तो सुकै आन्दोलनको सृजना गर्न पनि वाध्य हुने चेतावनी समेत दिएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar