कीर्तिपुर । कीर्तिपुरका तिन युवा व्यवसायीहरुले संचालित माइति रिसोर्ट प्रा.लि द्वारा शुक्रबार रेस्टुरेन्ट एण्ड बारको औपचारीक रुपमा उद्घाटन गरिएको छ ।
खानाको पारखीहरूलाई भिन्नभिन्न नयाँ र उच्चस्तरको गुणस्तरीय सेवा प्रदान गर्ने उदेश्य सहित आकर्षक रमणीय कीर्तिपुर नगरपालिका ६ स्थित चोभारमा चारघरेमा पहिलो चरणमा अत्याधुनकि सेवासुविधा सहित नयाँ रेस्टुरेन्ट सञ्चालनमा गरिएको हो ।
उद्घाटन समारोहमा संघीय सांसद राजेन्द्र कुमार केसी (राजन) बागमती प्रदेश सांसद पुकार महर्जन,महानगरीय प्रहरी वृत्त कीर्तिपुरका इन्चार्ज डिएसपि ठाकुरप्रसाद पोखरेल,बरिस्ठ पत्रकार तथा कर्पोरेट मिडिया ग्रुपका अध्यक्ष उज्जवल जंग शाह,युवा पर्यटन व्यवसायी राजेन्द्रप्रसाद त्रिपाठी,वडा अध्यक्ष न्हुछे महर्जन वडा सदस्य उतम नेपाल,मन्जु बस्नेत लगाएतको उपस्थिति थियो।
युवा व्यवसायीहरु राजकुमार महर्जन,गाैरब श्रेष्ठ र सुर्य बहादुर बुढाथोकीद्वारा संचालित यस रेस्टुरेन्टमा मनोरम शान्त बाताबरण,गार्डेन,फेमिलीको लागि बस्ने छुट्टा छुट्टै रुम,यथेष्ट पार्कीङको समेत ब्यबस्था भएको पारिवारिक बाताबरणमा सेवा सुबिधा लिन सकिन्छ ।
कितिपुर भ्यालीको दृश्य स्पष्टसँग देख्न सकिने यस रेस्टुरेन्टमा ‘दृश्यावलोकन गर्दै खाना र खाजाका लागि लोकल कुखुरा, टर्की, बट्टाई, हाँस,माछा,स्थानीय जातका खसीबोका, बदेल, कालिज लगायतका विशेष परिकारहरू ग्राहकहरूको अर्डरसँगै वा आफैँ बनाएरसमेत खान सकिने छ। रेस्टुरेन्टमा विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको मध्यनजर गदै स्वास्थ्य मापदण्डका नियम पालना गर्दै सतर्कताका मास्क प्रयोग गर्न,सामाजिक दूरी कायम गरी साबुनपानीले हात धुन र सेनिटाइजर प्रयोग गर्न व्यवस्था गरिएको छ।
परम्परागत नेपाली शैलीमा अतिथिको सत्कार गर्दै पृथक रहेको व्यवस्थापन पूर्ण पारिवारिक वातावरणमा ग्राहकहरुलाई विहानको ब्रेकफष्टदेखि रातीको डिनरसम्मको गुणस्तरीय सेवा पस्कने गरी स्वस्थ्य र स्वादिलो परिकार पस्किने लक्ष्यसहित रेस्टुरेन्ट साथै हार्ड ड्रिङ्कस् बारको पनि व्यवस्था पनि रहेको संचालक सुर्य बहादुर बुढाथोकीले जानकारी दिदै सम्पुर्ण ग्राहक माहानुभावहरूलाइ हार्दिक निमन्त्रणा समेत गरेका छनव ।
पहिलो चरणमा ३०० जनालाई सेवा सुबिधा दिने रेस्टुरेन्ट एण्ड बार संचालनमा आएको माइती रिसोर्ट प्रा.लि.चाडैं नै सुमिङ पुल सहितको नेपालको मौलिक कला सम्पदाको झल्को दिने बुटिक होटल निर्माण गदै छ। रेस्टुरेन्टमा हाल प्रत्यक्ष रुपमा २० जनाले रोजगारीको समेत अवसर पाएका छन् ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar