२०८१ आश्विन २५, शुक्रबार
काठमाण्डौ – सत्तारुढ गठबन्धनले आजै मन्त्रीहरूको शपथग्रहण गराउने तयारी गरेको छ ।
आज सत्तारुढ गठबन्धनको बैठक बस्दैछ । आज बस्ने गठबन्धनको बैठकले मन्त्रिपरिषद विस्तार गर्न नसके पनि मन्त्रालयको भागबण्डा भने टुंग्याउने बताएको छ । उता नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मन्त्रीहरूको शपथग्रहण गराउने तयारी भएको बताई सकेका छन् ।
नेपाल बुद्धिजीवी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले आजै सकेसम्म मन्त्रीहरूको शपथग्रहण गराउने तयारी रहेको बताएका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाले लामो समयसम्म मन्त्रिपरिषदलाई पूर्णता दिन नसकेको भन्दै सरकारको आलोचना भइरहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar