२०८१ आश्विन १, मंगलबार
९ भदौ,काठमाण्डौ – नयाँ राजनितीक दल दर्ता सनाखतका लागि प्रस्तावित दुई पार्टीका नेताहरू आज निर्वाचन आयोग जाँदैछन् ।
नेकपा एमालेबाट विभाजित माधव नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी ९जसपा० पार्टीबाट अलग भएको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीको दर्ता सनाखतको प्रक्रियाका लागी आज बुधबार निर्वाचन आयोग जान लागेका हुन् ।
यसअघि आयोगका हस्ताक्षर बुझाएका प्रस्तावित दुवै दलका नेताहरू सनाखतका लागि अहिले बिहान साढे ११ बजे आयोग जाँदैछन् । ‘बुधबार साढे ११ देखि दिउँसो २ बजेसम्म सनाखतको समयावधि तोकेका छौँ,’ आयोगका सहायक प्रवक्ता कोमलप्रसाद धमालाले भने । उनका अनुसार सनाखतका लागि आयोगमा भौतिक रूपमा उपस्थिति जनाउनुपर्नेछ । ‘सामान्य मान्यता सनाखत भनेको पहिलेको दस्तखत रुजु गर्ने हो,’ उनले भने, ‘दिल्लीमा रहनुभएका झलनाथ खनालका विषयमा आयोगले नै निर्णय गर्ला ।’
सनाखत भइसकेपछि छानबिन गर्न आयोगलाई ४५ दिनसम्म समय हुन्छ । तर, त्यतिधेरै समय नलाग्ने पनि उनले बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar