• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
Advertisement
SKIP THIS
२०८० आश्विन १४, आईतबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री subhayug.com केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मदन पुरस्कार विवेक ओझाको उपन्यास ऐँठनलाई, टेकवीर मुखियालाई जगदम्बा श्री पुरस्कार दिइने

६ घण्टा अघि
२

सुन तस्करी प्रकरण छानबिन गर्न चार सदस्यीय उच्चस्तरीय समिति गठन

६ घण्टा अघि
३

विद्यालय शिक्षा विधेयक संसदमा पेस

६ घण्टा अघि
४

चिकित्सकमाथि हातपात गरेको आरोपमा काठमाडौंबाट दुई जना पक्राउ

७ घण्टा अघि
५

माल्दिभ्सको राष्ट्रपतिमा चीननिकट मोहम्मद मुइज्जु निर्वाचित

७ घण्टा अघि
६

सरकारले फिर्ता लियाे पेट्रोलियम पदार्थको मूल्य वृद्धि

७ घण्टा अघि
७

काठमाडौंमै कुटिए चिकित्सक

७ घण्टा अघि
८

‘जिगरा’ मा देखिँदै आलिया

७ घण्टा अघि
९

तीनकुने पुलबाट मोटरसाइकल बागमतीमा खस्दा १ जनाको मृत्यु

९ घण्टा अघि
१०

नेपालले माल्दिभ्सलाई १३८ रनले हरायो, अविनाश बोहराले लिए ६ विकेट

९ घण्टा अघि
११

रास्वपाद्वारा प्रधानमन्त्रीले बोलाएको बैठक बहिस्कार

९ घण्टा अघि
१२

पच्चिस हजारको सीमाले भारतीय पर्यटक प्रभावित

१३ घण्टा अघि

महिनाभर प्रचलित रहेका

  • Facebook_creation_11637382 १

    धादिङमा चाडपर्व लक्षित बजार अनुगमन

    २ हफ्ता अघि
  • rajendra pandey nirwachan २

    एमसीसी अनुगमन गर्न राजेन्द्र पाण्डेको संयोजकत्वमा समिति गठन

    ३ हफ्ता अघि
  • rajendra pande ३

    सुवास नेम्वाङ्गको निधनले अत्यन्त दुःखित छु : उपाध्यक्ष पाण्डे

    २ हफ्ता अघि
  • cpn us ४

    एकीकृत समाजवादीले काँकडभिट्टादेखी कञ्चनपुरसम्म जागरण अभियान चलाउने

    ३ दिन अघि
  • keshab pande ५

    केपी ओलीलाई च्यालेन्ज दिएका कमरेड अन्ततः पछी हटे

    ३ दिन अघि
  • raktadan.jpeg ६

    एकीकृत समाजवादीको आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न

    १ दिन अघि
  • akikrit-samajwadi-office ७

    एकीकृत समाजवादीका सल्लाहकार परिषद् सदस्य विश्वकर्माको हृदयघातबाट निधन

    २ हफ्ता अघि
  • suman thapa ८

    अव आँखा पाक्ने रोगको संक्रमण कम हुन्छ : डा.थापा

    ३ हफ्ता अघि
  • mukunda rijal ९

    काठमाडौं १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन

    ३ हफ्ता अघि
  • samsad adhibeshan १०

    प्रतिनिधिसभाको बैठक बस्दै : आज चार मन्त्रीले जवाफ दिने

    ३ हफ्ता अघि
  • तीन नेताको लञ्च मिटिङले कांग्रेसमा तरंग !

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७८ अषाढ ८, मंगलबार (२ साल अघि)
  • ८१९ पाठक संख्या
  • congress 3 neta

    ८ असार,काठमाण्डौ – कांग्रेस नेताहरु विमलेन्द्र निधि, प्रकाशमान सिंह र डा. शशांक कोइरालाबीच सोमबार ‘लञ्च’ सहित भएको बैठकले कांग्रेसभित्र नयाँ तरंग सिर्जना भएको छ ।

    यी तीनैजना नेता आगामी महाधिवेशनमा सभापतिको दौडमा छन् । कांग्रेसका संस्थापकत्रय बीपी कोइराला, गणेशमान सिंह र महेन्द्र नारायण निधिका सुपुत्रसमेत रहेका तीन नेताबीचको ‘लञ्च’ मिटिङले तरंग सिर्जना गरेको हो । निधिको निवास बानेश्वरमा भएको बैठकमा आगामी दिनमा पनि अनौपचारिक छलफल जारी राख्ने सहमति भएको नेताहरुले बताए पनि बाँकी कुरा भने खोलेका छैनन् ।

    निधि यसअघि १३ औँ महाधिवेशनमा सभापति शेरबहादुर देउवाको ‘समूह’ मा थिए भने कोइराला र सिँह रामचन्द्र पौडेलको समूहमा निधिका प्रेस सल्लाहकार रामजी दाहालका अनुसार पार्टीका तीन नेताबीच आगामी महाधिवेशनमै केन्द्रित छलफल भएको छ । उनका अनुसार सातवटा विषयमा पार्टीका शीर्ष नेताको ध्यानाकर्षण गराउने विषयमा पनि उनीहरुबीच सहमति जुटेको छ । पार्टीका शीर्ष नेताको ध्यानाकर्षण गर्ने, जिल्ला सभापतिहरुलाई आफूहरुको बैठकबारे जानकारी गराउने, अनौपचारिक छलफल जारी राख्ने गरी सातवटा विषयमा समझदारी भएको छ ।

    ‘कोरोना संक्रमण व्यवस्थापन, सिन्धुपाल्चोकलगायतका स्थानमा बाढीले पु¥याएको क्षति र त्यसबाट जनजीवन सामान्यीकरण गर्ने, पार्टीको १४ औँ महाधिवेशन, आगामी निर्वाचनमा कांग्रेसको जित सुनिश्चित गर्न गर्नुपर्ने काम र विपक्षी गठबन्धनका तर्फबाट प्रस्ताव गरिएका शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने विषयमा उहाँहरुबीच छलफल भएको छ,’ निधिका प्रेस सल्लाहकार दाहालले भने, ‘यस विषयमा साझा धारणा बनाएर शेरबहादुर देउवा, रामचन्द्र पौडेल, कृष्ण सिटौसहितका शीर्ष तहका नेतालाई जानकारी गराउने सहमति भएको छ । तीनै विषयमा जिल्ला सभापतिलाई पनि जानकारी गराउने र तीन नेताबीच निरन्तर छलफल अघि बढाउने समझदारी भएको छ ।’

    १३ औँ महाधिवेशनमा नै देउवाले अर्कोपटक तपाईं उठ्नुस् म एकीकृत कांग्रेसको सभापति भएर बिदा लिन्छु भनेपछि पछि हटेको बताउने निधि अहिले देउवाले आफूलाई सहयोग गर्नुपर्ने तर्क अघि सारेका छन् । शनिबार देउवाले निवासमै बोलाएर सभापतिमा आफैँ दोहोरिने भन्दै सहयोग गर्न आग्रह गरेपछि निधि छलफलबाट बाहिरिएका थिए ।

    उनले समझदारीअनुसार आफू धेरै अघि बढिसकेको र विद्यार्थी कालदेखिको सहकार्यका कारण आफैँ देउवाको सहयोगको हकदार बताउँदा पनि देउवाले चुनाव लड्ने भए तपाईंको अधिकारको कुरा हो भन्दै निधिलाई सहयोग नगर्ने संकेत दिएका थिए । १३ औं महाधिवेशन अघि ‘नेतृत्व हस्तान्तरण गर्ने तपाईंलाई नै हो, अहिले मलाई सहयोग गर्नुस्’ भन्ने आश्वासन दिएका देउवा बचनबाट पछि हटेपछि निधि वैकल्पिक टिम बनाएर अघि बढ्ने गृहकार्यमा जुटेका हुन् ।

    असार २ गते नै नेता कृष्णप्रसाद सिटौलाको निवास पुगेर सभापतिमा आफूलाई सहयोग गर्न आग्रह गरिसकेका थिए । उनले नेता बलबहादुर केसीसँग पनि गत शनिबार निवासमै पुगेर सहयोग मागेका थिए । यही असार ४ गते केन्द्रीय समिति बैठक सकिएपछि महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई आफ्नै कार्यकक्षमा डाकेर अब तीन नेताले सामूहिक प्रयास थाल्नुपर्ने बताएका थिए । सोही छलफलपछि आज ‘लञ्च’ मिटिङ भएको स्रोतले जानकारी दिएको छ ।

  • subhayug
  • कांग्रेस नेता
  • डा. शशांक कोइराला
  • प्रकाशमान सिंह
  • विमलेन्द्र निधि
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • मदन पुरस्कार विवेक ओझाको उपन्यास ऐँठनलाई, टेकवीर मुखियालाई जगदम्बा श्री पुरस्कार दिइने

  • सुन तस्करी प्रकरण छानबिन गर्न चार सदस्यीय उच्चस्तरीय समिति गठन

  • विद्यालय शिक्षा विधेयक संसदमा पेस

  • चिकित्सकमाथि हातपात गरेको आरोपमा काठमाडौंबाट दुई जना पक्राउ


  • समाचार
  • १

    मदन पुरस्कार विवेक ओझाको उपन्यास ऐँठनलाई, टेकवीर मुखियालाई जगदम्बा श्री पुरस्कार दिइने
    ६ घण्टा अघि

  • २

    सुन तस्करी प्रकरण छानबिन गर्न चार सदस्यीय उच्चस्तरीय समिति गठन
    ६ घण्टा अघि

  • ३

    विद्यालय शिक्षा विधेयक संसदमा पेस
    ६ घण्टा अघि

  • ४

    चिकित्सकमाथि हातपात गरेको आरोपमा काठमाडौंबाट दुई जना पक्राउ
    ७ घण्टा अघि

  • ५

    माल्दिभ्सको राष्ट्रपतिमा चीननिकट मोहम्मद मुइज्जु निर्वाचित
    ७ घण्टा अघि

  • ६

    सरकारले फिर्ता लियाे पेट्रोलियम पदार्थको मूल्य वृद्धि
    ७ घण्टा अघि

  • ७

    काठमाडौंमै कुटिए चिकित्सक
    ७ घण्टा अघि

  • ८

    ‘जिगरा’ मा देखिँदै आलिया
    ७ घण्टा अघि

  • ९

    तीनकुने पुलबाट मोटरसाइकल बागमतीमा खस्दा १ जनाको मृत्यु
    ९ घण्टा अघि

  • १०

    नेपालले माल्दिभ्सलाई १३८ रनले हरायो, अविनाश बोहराले लिए ६ विकेट
    ९ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    amrit neupane thag
    १ महिना अघि

    पाँच करोड भन्दा बढी ठगी गरेको आरोपमा धादिङका न्यौपाने पक्राउ

    सामाजिक सञ्जालबाट
    १

    माल्दिभ्सको राष्ट्रपतिमा चीननिकट मोहम्मद मुइज्जु निर्वाचित

    शुभयुग सम्वाददाता
    २

    नबी मनाउन भेला भएको ठाउँमा विस्फोट हुँदा कम्तीमा ५२ जनाको मृत्यु

    शुभयुग सम्वाददाता
    ३

    भूकम्पबारे पूर्व सूचना दिने ‘एन्ड्रोइड अलर्ट सिस्टम’ सुरू

    शुभयुग सम्वाददाता
    ४

    एमसीसीकी प्रमुख कार्यकारी अधिकृत एलिस नेपाल आउँदै

    शुभयुग सम्वाददाता
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution