६ जेठ,बुटवल – कोरोना भाईरस संक्रमण जोखिम रोकथामका लागी सरकारले जारी राखेको निषेधाज्ञाको समयमा मात्र लुम्बिनी प्रदेशमा भएका सवारी दुर्घटनामा ६४ जनाले ज्यान गुमाएका छन् ।
बुधबार बुटवलमा पत्रकार भेटघाटको आयोजना गरी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक डम्बरबहादुर बिकले निषेधाज्ञाको समयमा मात्र लुम्बिनी प्रदेशमा भएका सवारी दुर्घटनामा ६४ जनाले ज्यान गुमाएका बताएका हुन् । उनले दुर्घटना नरोकिएका कारण सवारी चालक र सडक प्रयोगकर्ताहरू सचेत रहनुपर्नेसमेत बताए ।
प्रहरी उपरीक्षक बिकले सबैको सहकार्यमा मात्रै सवारी दुर्घटना न्यूनीकरण गर्न सकिने औँल्याए । उनले सडक दुर्घटना न्यूनीकरणका लागि प्रदेश सरकारको चासो रहेकाले सबैको समन्वयमा यसको हल गर्नुपर्ने बताए । ‘मृत्युदर निवारण गर्ने नै सामूहीक उद्देश्य हो, यो समस्या ट्राफिकको मात्रै होइन सबैको हो, यसलाई सबै मिलेर हल गर्नुपर्छ’, उनले भने ।
पत्रकारहरूले आकाशेपुलको प्रयोग, अटो रिक्साको व्यवस्थापन, टिपरको गति नियन्त्रण, छाडा चौंपायाको समस्या रहेको जानकारी गराउँदै समाधानका लागि अभियान चलाउन सुझाएका थिए ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar