
४ जेठ,धादिङ – कोरोना भाईरस संक्रमणको जोखिम बढ्दै गएपछी धादिङको बेनीघाट रोराङ गाँउपालिकाले अक्सिजनको सिलिण्डर जोहो गर्न सुरु गरेको छ ।
कोरोना भाईरस संक्रमितहरुको लागि अत्यवश्यक पर्ने अक्सिजन व्यवस्थापनका लागि जिल्लाका स्थानीय तहहरु जुट्न थालेसंगै बेनीघाट रोराङले सिलिण्डर जोहो गर्न सुरु गरेको हो । त्यस्तै हालसम्म गाँउपालिकाले २८ वटा अक्सिजनको सिलिण्डर जोहोसमेत गरेको गाँउपालिकाका अध्यक्ष पित्त बहादुर डल्लाकोटी हरीले बताएका छन् ।
गाँउपालिकाले १२ थान सिलिण्डर खरिद गरेको छ । त्यस्तै धादिङ अटो मोबाइल एसोशीयसनले ६ थान, Huaxin cement factory बाट ५ थान, चरौदी घुम्ती निवासी कृष्ण प्रसाद रेग्मी बाट १ थान, भैरवी वोर्कसप बाट ३ थान, स्वास्थ्य कार्यलय धादिङ बाट १ थान गरी हालसम्म २८ थान सिलिण्डर जोहो भएकोसमेत गाँउपालिका अध्यक्ष डल्लाकोटीले बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar