• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७९ चैत्र १९, आईतबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com मुख्यमन्त्री
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

अमेरिकामा टोर्नाडो आँधीमा परी २१ जनाको मृत्यु

५ घण्टा अघि
२

बारा – २ मा कांग्रेसले उपेन्द्रलाई सघाउला कि आफैंले उम्मेदवारी देला !

५ घण्टा अघि
३

को-पाईलटलाई पखाला चलेपछि निगमको दुबई उडान रद्द : ५ सय ४३ यात्रु अलपत्र

६ घण्टा अघि
४

डिभिजन वन कार्यालय धादिङको अनुरोध

२ दिन अघि
५

पोखराका मेयरले आफुमाथी अन्याय गरेको खतिवडाको आरोप (भिडियो सहित)

३ दिन अघि
६

एकीकृत समाजवादीबाट मन्त्रीमा बेदुराम भुसाल र प्रकाश ज्वाला सिफारिस

४ दिन अघि
७

माओवादीका नेता शिवचन्द्रप्रसाद कुशवाहा सिके राउतको पार्टीमा प्रवेश

४ दिन अघि
८

सत्ता गठबन्धनको बैठक फेरि निष्कर्षविहीन : दिउँसो ३ बजे पुनः बस्ने

४ दिन अघि
९

सरकारले मिटर ब्याजसम्बन्धी विधेयक संसदमा लैजाँदै

५ दिन अघि
१०

अफगानिस्तानमा महिला शिक्षा अभियान चलाइरहेका मातिउल्लाह पक्राउ

५ दिन अघि
११

दोहोरो अंक बढ्यो सेयर बजार

५ दिन अघि
१२

३ मन्त्रालय पाउनुपर्ने एकीकृत समाजवादीको दाबी कायमै

५ दिन अघि

महिनाभर प्रचलित रहेका

  • rajendra pande photo १

    गृहसहित तिन मन्त्रालय लिएर सरकारमा जान्छौं : राजेन्द्र पाण्डे

    २ हफ्ता अघि
  • classic tech thagi photo २

    हाईस्पीडको बहानामा क्लासिकटेकको लुटधन्दा : २०० एमविपिएस् इन्टरनेटमा जम्मा १०० केविपिएस् स्पीड्

    १ हफ्ता अघि
  • kiran bajracharya photo subhayug ३

    नयाँ आईजीमा बज्राचार्यको सम्भावना बलियो : प्रहरी संगठनले पाँउदैछ यसपटक महिला नेतृत्व

    २ हफ्ता अघि
  • Galaxy tv no sallery ४

    रवि लामिछानेको टिभीले दिएन पत्रकारहरुलाई महिनौंदेखिको तलब : भिडियो सहित

    १ हफ्ता अघि
  • telephone dhamki ५

    नागरिकका फोन रेकर्ड गर्न पाउने गरी विधेयक ल्याउने सरकारको तयारी

    १ हफ्ता अघि
  • trisuli nadi badh ६

    त्रिशूलीको बहाव छेकेरै बालुवा उत्खनन्

    ३ हफ्ता अघि
  • classic news subhayug ७

    हाईस्पीड् ईन्टरनेटको बहानामा जनता ठग्ने क्लासिकटेकले पठायो संचारमाध्यमलाई नै समाचार हटाउन दवाव

    १ हफ्ता अघि
  • salikram bhote ८

    मुख्यमन्त्रीको बिश्वासको मतबारे बागमतीमा काँग्रेस र समाजवादीको आपत्ती : जमकट्टेलले छलफल नै नगरेको आरोप

    १ हफ्ता अघि
  • subash-nembang ९

    संसद् विघटनको मुद्दा उठाएर नेम्वाङलाई हराउने आठ दलको तयारी

    १ महिना अघि
  • bhanu park dhading १०

    भानु पार्क मिचेर पानी ट्याँकी निर्माण

    २ हफ्ता अघि
  • संयुक्त सरकार बनाउन विपक्षी गठबन्धनको यस्तो छ तयारी

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७८ बैशाख ३०, बिहिबार (१ साल अघि)
  • १११४ पाठक संख्या
  • prachanda shere

    ३० बैशाख,काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त सरकार बनाउन दिएको तीन दिनको म्याद बिहीबार सकिँदै छ।

    बिहीबार साँझ ९ बजेसम्ममा विपक्षी दललाई बहुमत जुटाउन हम्मेहम्मे देखिएको छ। त्यसका लागि एमालेको असन्तुष्ट माधवकुमार नेपाल पक्षलाई राजीनामा गराउन विपक्षी गठबन्धन लागिपरेको छ। एमालेका असन्तुष्ट पक्षको राजीनामा वा समग्र जनता समाजवादी पार्टी एकढिक्का नभएसम्म विपक्षी गठबन्धनको बहुमत पुग्दैन।

    हालको संसदको विद्यमान अवस्थामा विपक्षी गठबन्धनलाई बहुमत पुर्‍याउन कम्तीमा पनि थप १२ सांसदको आवश्यकता पर्छ। कांग्रेससँग ६१ र माओवादी केन्द्रसँग ४८ सांसद छन्। जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षमा १५ वा १६ जना छन्। यसरी हेर्दा विपक्षी गठबन्धनसँग १२५ को हाराहारीमा मात्रै सांसद हुन्छन्। बहुमतका लागि १ सय ३६ आवश्यकता पर्छ।  एमालेको नेपाल पक्षका प्रत्यक्षतर्फका  १९ जनाले राजीनामा दिँदा प्रतिनिधिसभामा सांसद संख्या २ सय ५२ हुन्छ। बहुमतका लागि १ सय २७ आवश्यक हुन्छ। नेपाल पक्षका १९ जनाले राजीनामा दिँदा पनि बहुमत जुटाउन सकस नै छ।

    एमाले वरिष्ठ नेता नेपाल, नेता भीम रावललगायत नेता प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिएकै दिन राजीनामा दिनुपर्ने पक्षमा थिए। उनीहरूले राजीनामाको तयारी नै गरेका थिए। तर, दोस्रो तहका नेता सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, योगेश भट्टराईलगायतले असहमति जनाएपछि बैठकमा अनुपस्थित भएको जनाइएको थियो।

    तर, प्रधानमन्त्री ओलीले विश्वासको मत गुमाएर राष्ट्रपतिले संयुक्त सरकार बनाउन दिएको समयसीमा सकिन लागे पनि राजीनामालाई लिएर नेपाल पक्ष एकमत हुन सकेको छैन। नेपाल र रावलले सरकार गठनको तयारी गर्न भन्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई राजीनामा दिने प्रतिबद्धता पनि गराइसकेका छन्। रावललगायत नेता सांसद पदबाट राजीनामा दिनुपर्ने पक्षमा छन्। उनले ट्विटरमा प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न सांसद पदबाट राजीनामा दिनुपर्ने लेखेका छन्।

    उनले ट्विट गरेका छन्, ‘असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाहिन्छ। थप राष्ट्रिय हित, पार्टी विधानविपरीत र अलोकतान्त्रिक कार्य गर्नबाट प्रम केपीलाई रोक्न पदमुक्त गर्नु आवश्यक छ। त्यसका लागि हामीले सांसद पदबाट राजीनामा गरी स्थिति निर्माण गर्नुपर्छ। यो राजनीतिक नैतिकता र कानुनी दृष्टिले धेरै उचित छ।’

    नेता घनश्याम भुसालले फेरि प्रतिनिधिसभा विघटन गर्ने खेल भइरहेको बताएका छन्। निर्वाचनका नाममा प्रतिनिधिसभा विघटन गराएर आफूहरूसँग बदला लिन लागिएको भुसालको भनाइ छ। उनले फेसबुकमा लेखेका छन्, ‘आज हामीविरुद्ध गरिएका गालीगलौज वा आलोचनाले नेपालमा संविधान जारी हुँदा असफल भएका र विघटित प्रतिनिधिसभा पुनःस्थापित हुँदा दोस्रो पटक पनि असफल भएका शक्तिहरूले चुनावको नाममा फेरि प्रतिनिधिसभा विघटन गराएर हामीसँग बदला लिन कस्सिएका छन् भन्ने दाबीको खण्डन हुँदैन।’

    उनले झलनाथ खनाल र माधवकुमार नेपाललाई गाली गरेर एमाले विभाजन गरिन लागेको तर्क गरेका छन्। उनले लेखेका छन्, ‘हिजो प्रचण्डलाई गाली गरेर पार्टी विभाजनको पाप ढाक्ने प्रयास भयो। आज झलनाथ – माधवलाई गाली गरेर बाँकी रहेको नेकपा एमालेलाई विभाजित गरिँदै छ।

  • subhayug
  • माधवकुमार नेपाल
  • राष्ट्रपति
  • विद्यादेवी भण्डारी
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • अमेरिकामा टोर्नाडो आँधीमा परी २१ जनाको मृत्यु

  • बारा – २ मा कांग्रेसले उपेन्द्रलाई सघाउला कि आफैंले उम्मेदवारी देला !

  • को-पाईलटलाई पखाला चलेपछि निगमको दुबई उडान रद्द : ५ सय ४३ यात्रु अलपत्र

  • डिभिजन वन कार्यालय धादिङको अनुरोध


  • समाचार
  • १

    अमेरिकामा टोर्नाडो आँधीमा परी २१ जनाको मृत्यु
    ५ घण्टा अघि

  • २

    बारा – २ मा कांग्रेसले उपेन्द्रलाई सघाउला कि आफैंले उम्मेदवारी देला !
    ५ घण्टा अघि

  • ३

    को-पाईलटलाई पखाला चलेपछि निगमको दुबई उडान रद्द : ५ सय ४३ यात्रु अलपत्र
    ६ घण्टा अघि

  • ४

    डिभिजन वन कार्यालय धादिङको अनुरोध
    २ दिन अघि

  • ५

    पोखराका मेयरले आफुमाथी अन्याय गरेको खतिवडाको आरोप (भिडियो सहित)
    ३ दिन अघि

  • ६

    एकीकृत समाजवादीबाट मन्त्रीमा बेदुराम भुसाल र प्रकाश ज्वाला सिफारिस
    ४ दिन अघि

  • ७

    माओवादीका नेता शिवचन्द्रप्रसाद कुशवाहा सिके राउतको पार्टीमा प्रवेश
    ४ दिन अघि

  • ८

    सत्ता गठबन्धनको बैठक फेरि निष्कर्षविहीन : दिउँसो ३ बजे पुनः बस्ने
    ४ दिन अघि

  • ९

    सरकारले मिटर ब्याजसम्बन्धी विधेयक संसदमा लैजाँदै
    ५ दिन अघि

  • १०

    अफगानिस्तानमा महिला शिक्षा अभियान चलाइरहेका मातिउल्लाह पक्राउ
    ५ दिन अघि

  • सुभयुग प्रभाव सबै
    rabi lamichhane
    २ महिना अघि

    समाचार प्रभाव : फरार सांसद महतोलाई पक्राउ गर्न गृहमन्त्री लामिछानेको निर्देशन

    सामाजिक सञ्जालबाट
    १

    अमेरिकामा टोर्नाडो आँधीमा परी २१ जनाको मृत्यु

    subhayug
    २

    अफगानिस्तानमा महिला शिक्षा अभियान चलाइरहेका मातिउल्लाह पक्राउ

    subhayug
    ३

    अमेरिकाको एक विद्यालयमा गोली चल्दा ३ बालबालिकासहित ६ जनाको मृत्यु

    subhayug
    ४

    किन गुम्यो राहुल गान्धीको सांसद पद ?

    rahul gandhi
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution