२६ बैशाख,काठमाण्डौ – संवैधानिक परिषदको बैठकले रिक्त रहेका आयोगहरुमा नियुक्तिको सिफारिस गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना संलग्न बैठकले नियुक्तिको सिफारिस गरेको हो ।
यद्यपी सिफारिसमा परेका पदाधिकारीको नाम भने सार्वजनिक गरिएको छैन । प्रधानमन्त्रीसहित ६ जना पदाधिकारी हुने संवैधानिक परिषद्मा प्रतिनिधि सभाका सभामुख – उपसभामुख र प्रमुख प्रतिपक्षी दलका नेता पनि सदस्य हुन्छन् । उपसभामुख रिक्त रहेको अवस्थामा सभामुख अग्निप्रसाद सापकोटा र विपक्षी दलका नेता शेरबहादुर देउवाले बैठकमा सहभागी हुन अस्वीकार गर्दै आएका छन् ।
प्रधानमन्त्री ओलीले तीन जना पदाधिकारी सहभागी भए पनि बैठक बस्नसक्ने अध्यादेश ल्याएपछि त्यसैका आधारमा आज बिहान बैठक बसेको हो । यसअघि पनि यस्तै अध्यादेशमार्फत् बसेको बैठकले गरेका सिफारिसविरुद्ध सर्वोच्च अदालतमा सात वटा मुद्दा विचाराधीन छन् ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar