२०८० जेष्ठ १६, मंगलबार
२३ बैशाख,काठमाण्डौ – प्रभु इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
प्रभु इन्स्योरेन्स लिमिटेडको १०.५३ प्रतिशत लाभांश सुरक्षित गर्ने आज (वैशाख २३ गते, बिहीबार) अन्तिम दिन रहेको छ । आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।
कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ वैशाख २६ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । कम्पनीको २५ औँ वार्षिक साधारण सभा जेठ ६ गते बिहीबार काठमाडौंको तीनकुनेस्थित प्रभु कम्प्लेक्समा हुनेछ । सभामा गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीका शेयरधनीलाई १० प्रतिशत बोनस सेयर र १०.५३ प्रतिशत कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद गरि कूल लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
सभामा लेखापरिक्षकको प्रतिवदेन सहितको आर्थिक वर्ष २०७६/०७७ को वासलात उपर छलफल गरि पारित गर्नेछ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar