२१ बैशाख,काठमाण्डौ – लकडाउन वा निषेधाज्ञाका बखत् अत्यावश्यक परे जिल्ला प्रशासन कार्यालय वा प्रमुख जिल्ला अधिकारीले मात्र पास वितरण गर्न पाउने कानुनी व्यवस्था छ । तर प्रधानमन्त्री कार्यालयले भने उक्त व्यवस्थाकै बर्खिलाप गरी आफुखुशी सवारी पास वितरण गर्ने गरिएको पाइएको छ ।
उपत्यकाका तीन वटै जिल्ला प्रशासनले काठमाडौं उपत्यकामा पाँच दिनदेखि जारी निषेधाज्ञालाई थप कडा बनाउने,अनावश्यक पास वितरण नगर्ने र अत्यावश्यक काममा मात्र सवारी साधन प्रयोग गर्न आग्रह गरिरहँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट छुट्टै सवारी पास वितरण गरिएको पाइएको हो ।
प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार मोतिलाल दुगडका भान्छे विजय लोहियाको नाममा बा १६ च ४६५४ नम्बरको निजी गाडीलाई निषेधाज्ञा अवधिभर गुडाउन पाइने गरी पास वितरण गरिएको भेटिएको छ ।
मन्त्रिपरिषद् कार्यालयका सहसचिव बुद्धबहादुर गुरूङको हस्ताक्षर रहेको सवारी पासले गम्भिर प्रश्न उब्जाएको छ । निषेधाज्ञा जारीको अधिकार स्थानीय प्रशासनलाई भएकाले सोसम्बन्धी सम्पूर्ण शर्त र व्यवस्था पनि उसैको हो । तर,राज्यको उपल्लो तहमा रहेकाहरूले आफ्ना सहयोगी, हुक्के र बैठकेको नाममा बाँडेको सवारी पास र उनीहरूले गुडाएको सवारी साधनले निषेधाज्ञामा पनि राजधानीको सडकमा अस्वाभाविक भीड बढाएको पाइएको छ । जनआस्थामा समाचार प्रकाशित् छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar