११ वैशाख,काठमाण्डौ – पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमलराज्यलक्ष्मी शाह थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका छन् ।
छोरी प्रेरणा शाहसहित उनीहरु आज दिउँसो १ बजे अस्पतालमा भर्ना भएको अस्पतालका कर्पोरेट कम्युनिकेशन प्रमुख सोमनाथ बाँस्तोलाले जानकारी दिए ।
उनका अनुसार कोभिड-१९ को उपचारका लागि उनीहरु भर्ना भएका हुन् । केही दिनअघि भारतको हरिद्वारबाट फर्किएपछि स्वाब परीक्षणका क्रममा पूर्वराजा र रानीमा कोरोना सङ्क्रमण देखिएको थियो ।
कर्पोरेट कम्युनिकेशन बाँस्तोलाले उनीहरु तीनै जनाको स्वास्थ्य अवस्था स्थीर रहेको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar