• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ श्रावण ३, शनिबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता घोषणा

१ दिन अघि
२

भ्रष्टाचारविरुद्ध छानविनकाे माग गर्दै अख्तियारमा ज्ञापनपत्र बुझाउन दलबलसहित पुग्यो राप्रपा

१ दिन अघि
३

प्रभु हेलिकप्टरले आइपिओ जारी गर्दै

१ दिन अघि
४

नेप्से ७५ अंकले बढ्यो, १६ अर्बभन्दा बढीको कारोबार

२ दिन अघि
५

साफ यु–२० महिला च्याम्पियनसिप : श्रीलंकालाई ७–० गोलले हराउँदै नेपालको जित

२ दिन अघि
६

अलास्कामा ७.३ रेक्टर स्केलको शक्तिशाली भूकम्प

२ दिन अघि
७

नगरपालिकाका सबै प्रधानाध्यापकको सामूहिक राजीनामा

२ दिन अघि
८

तोलामा ३०० रुपैयाँले बढ्यो सुनको मूल्य

२ दिन अघि
९

ब्याजदर घटेसँगै सेयर बजार उकालो, नेप्से २७९४

३ दिन अघि
१०

नेपाल लाइफद्वारा १० अर्ब प्रथम बीमा शुल्क आर्जन गर्दै रेकर्ड कायम

३ दिन अघि
११

भिजिट भिसा प्रकरणको तरंग : फेरी फेरिए विमानस्थल अध्यागमन प्रमुख

३ दिन अघि
१२

नक्कली नोट र लागूऔषधसहित कोहलपुरबाट दुई जना पक्राउ

३ दिन अघि

महिनाभर प्रचलित रहेका

  • press met १

    हेटौँडामा नेकोस कप राष्ट्रिय महिला भलिबल र स्केटिङ प्रतियोगिता हुँदै

    ४ हफ्ता अघि
  • WhatsApp Image 2025-06-27 at 21.36.24 २

    बैदेशिक कार्यक्रममा ब्यस्त मोडल ग्रिश्मा

    ३ हफ्ता अघि
  • rajendra pande samsad ३

    मन्त्रीको घुस डिलबारे सभामुख मार्फत एकीकृत समाजवादीले माग्यो प्रधानमन्त्रीसंग जवाफ 

    ६ दिन अघि
  • rajendra ४

    कुलिङ पिरियडको व्यवस्था हेरफेरमा संलग्नलाई कडा कारबाही गर्न राजेन्द्र पाण्डेको माग

    २ हफ्ता अघि
  • skt mak ५

    स्केटिङ संघ मकवानपुरको अध्यक्षमा कुमारी तितुङ चयन

    ३ हफ्ता अघि
  • arun tiwari and durge ६

     दुर्गेशले अस्ट्रेलियामा दुस्मन हेरेको हेर्यै टुर गर्ने

    ३ हफ्ता अघि
  • charaudi ७

    धादिङको बेनिघाट रोराङमा अन्त्येष्टि गरिँदै गरेको चिता बाढीले बगायो

    १ हफ्ता अघि
  • trisuli nadi badhi ८

    रसुवादेखि धादिङको वेनिघाटसम्म सतर्कता अपनाउन आग्रह

    १ हफ्ता अघि
  • kp oli cabinet baithak ९

    प्रधानमन्त्री ओलीले आह्वान गरे मन्त्रिपरिषद बैठक

    १ हफ्ता अघि
  • kp oli sambodhan १०

     वर्ष दिन सम्म पनि विवादको भुमरीमै अल्झियो ओली नेतृत्वको सरकार

    ४ दिन अघि
  • जसपाका मागबारे सरकारसँग छलफल चलेको हो माग पूरा भएको छैन, ओलीलाई सघाइँदैन : महन्थ ठाकुर

    न्युज डेस्कप्रकाशित मिति: २०७८ बैशाख ९, बिहिबार (४ साल अघि)
  • ११४६ पाठक संख्या
  • mahanta thakur pm

    ९ बैशाख,काठमाण्डौ – जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुरले आफ्ना माग पूरा नभएसम्म प्रधानमन्त्री ओलीलाई नसघाइने स्पष्ट पारेका छन् ।

    जसपाका मागबारे सरकारसँग छलफल चलिरहे पनि अहिलेसम्म माग पूरा नभएको ठाकुरले बताएका छन् । जसपा अध्यक्ष ठाकुरले बिहीबार आयोजित आफूनिकट (तत्कालीन राजपा) का सांसदहरुसँगको छलफलमा सरकारले माग पूरा नगरे ओलीलाई नसघाइने स्पष्ट पारेका हुन् । सिंहदरबारस्थित पूर्वराजपाको संसदीय दलको कार्यालयमा भएको छलफलमा ठाकुरले सत्ता समीकरण लगायतका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग हुँदै आएको वार्ताबारे ब्रिफिङ गरेका थिए ।

    बैठकपछि प्रतिनिधिसभा सदस्य लक्ष्मणलाल कर्णले प्रधानमन्त्री ओलीसँग भएको पछिल्लो छलफलको बारेमा ठाकुरले सांसदहरुलाई ब्रिफिङ गरेको जानकारी दिए । मुद्दा फिर्ता, बन्दी रिहाइ, नागरिकता समस्या, संविधान संशोधनलगायतका विषयमा प्रधानमन्त्री ओलीसँग भएको छलफलको बारेमा अध्यक्ष ठाकुरले सांसदहरुलाई जानकारी गराउँदै अहिले पनि माग पूरा भइनसकेको बताएका थिए ।

    ठाकुरले प्रधानमन्त्री ओलीसँग हुँदै आएको छलफलबारे पार्टीभित्रैबाट भ्रम छर्ने काम भइरहेको भन्दै असन्तुष्टिसमेत जनाएका थिए । सांसद कर्णले पूर्वराजपाका सांसदहरुको सहभागिता रहेको बैठकमा ठाकुरले कतिपय विषयमा अस्पष्टता रहेकाले त्यसलाई प्रष्ट पार्न अनौपचारिक छलफल गरिएको प्रतिक्रिया दिए । सो क्रममा ठाकुरले आफूहरुले उठाउँदै आएको माग कुनै पनि पूरा नभएको र कतिपय प्रक्रियामा रहेको आश्वासन पाएकाले त्यो पूरा भएपछि मात्रै सरकारलाई समर्थन गर्ने वा नगर्ने भन्नेबारे टुंगो लगाउने सांसदहरुलाई विश्वास दिलाएका थिए ।

    प्रधानमन्त्री ओली जसपा नेपालले राखेको मागप्रति सकारात्मक रहेको र अहिलेसम्म माग पूरा हुनेमा आफू विश्वस्त रहेको पनि ठाकुरले बैठकमा बताएको एक नेताले जानकारी दिए । यद्यपि प्रधानमन्त्री ओलीलाई समर्थन गर्ने वा नगर्ने भन्ने विषयमा जसपा नेपालमा विवाद रहेको छ । अध्यक्ष ठाकुर प्रधानमन्त्री ओलीको पक्षमा छन् भने सोही पार्टीका अर्का अध्यक्ष यादव प्रधानमन्त्री ओलीको विपक्षमा छन् । यसले गर्दा पार्टीमा विवाद हुँदै आएको छ । यसरी विवाद उत्पन्न भइरहेका बेला जसपामा गुटका बैठकहरु हुँदै आइरहेका छन् ।

    दुई निलम्बितबाहेक ३२ सांसद रहेको जसपामा तत्कालीन राजपाका तर्फबाट १६ सांसद छन् । जसपाका एकजना सांसद रेशम चौधरी जेलमा छन् भने अर्का एकजना हरिनारायण रौनियार निलम्वनमा परेका छन् । तत्कालीन समाजवादी पार्टीका १६ सांसद रहेका छन् । सरकारमा जानेबारे विवाद भएकाले प्रधानमन्त्री ओलीलाई समर्थन गर्ने अवस्था आएमा पार्टी विभाजन या फ्लोर क्रस हुने सम्भावना रहन्छ । त्यसले गर्दा दुवै पक्षले आ–आफ्ना सांसदहरुसँग नियमित छलफलहरु गर्दै आएका छन् ।

    हालसम्म जसपाको संसदीय दल समायोजन भएको छैन । संसदीय दल समायोजन नभए पनि जेष्ठताका आधारमा महन्थ ठाकुरको अध्यक्षतामा जसपा नेपालको संसदीय दलको संयुक्त बैठक दुई पटक बसिसकेको छ ।

  • subhayug
  • केपी शर्मा ओली
  • प्रधानमन्त्री
  • महन्थ ठाकुर
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता घोषणा

  • भ्रष्टाचारविरुद्ध छानविनकाे माग गर्दै अख्तियारमा ज्ञापनपत्र बुझाउन दलबलसहित पुग्यो राप्रपा

  • प्रभु हेलिकप्टरले आइपिओ जारी गर्दै

  • नेप्से ७५ अंकले बढ्यो, १६ अर्बभन्दा बढीको कारोबार


  • समाचार
  • १

    एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता घोषणा
    १ दिन अघि

  • २

    भ्रष्टाचारविरुद्ध छानविनकाे माग गर्दै अख्तियारमा ज्ञापनपत्र बुझाउन दलबलसहित पुग्यो राप्रपा
    १ दिन अघि

  • ३

    प्रभु हेलिकप्टरले आइपिओ जारी गर्दै
    १ दिन अघि

  • ४

    नेप्से ७५ अंकले बढ्यो, १६ अर्बभन्दा बढीको कारोबार
    २ दिन अघि

  • ५

    साफ यु–२० महिला च्याम्पियनसिप : श्रीलंकालाई ७–० गोलले हराउँदै नेपालको जित
    २ दिन अघि

  • ६

    अलास्कामा ७.३ रेक्टर स्केलको शक्तिशाली भूकम्प
    २ दिन अघि

  • ७

    नगरपालिकाका सबै प्रधानाध्यापकको सामूहिक राजीनामा
    २ दिन अघि

  • ८

    तोलामा ३०० रुपैयाँले बढ्यो सुनको मूल्य
    २ दिन अघि

  • ९

    ब्याजदर घटेसँगै सेयर बजार उकालो, नेप्से २७९४
    ३ दिन अघि

  • १०

    नेपाल लाइफद्वारा १० अर्ब प्रथम बीमा शुल्क आर्जन गर्दै रेकर्ड कायम
    ३ दिन अघि

  • सुभयुग प्रभाव सबै
    rajendra pande samsad
    ६ दिन अघि

    मन्त्रीको घुस डिलबारे सभामुख मार्फत एकीकृत समाजवादीले माग्यो प्रधानमन्त्रीसंग जवाफ 

    सामाजिक सञ्जालबाट
    १

    अलास्कामा ७.३ रेक्टर स्केलको शक्तिशाली भूकम्प

    subhayug
    २

    अमेरिकामा कार दुर्घटना : दुई नेपाली युवाको मृत्यु

    subhayug
    ३

    आणविक वार्ता अघि अमेरिका र इजरायलको आक्रमण रोक्नुपर्ने इरानको चेतावनी

    subhayug
    ४

    गुजरातमा पुरानो पुल भाँचिँदा ९ जनाको मृत्यु

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution