• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८० आश्विन ६, शनिबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री subhayug.com केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने एक युवक पक्राउ

१३ घण्टा अघि
२

यू–१९ विश्वकप क्रिकेटः नेपालको पहिलो खेल न्युजिल्यान्डसँग

१३ घण्टा अघि
३

अनलाइनमार्फत ११ लाख ठगी गर्ने एक महिला पक्राउ

१३ घण्टा अघि
४

सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता सुरु

१३ घण्टा अघि
५

त्रिभुवन विमानस्थल आसपास चङ्गा, ड्रोन, बेलुन नउडाउन प्राधिकरणको आग्रह

१४ घण्टा अघि
६

विद्यालय शिक्षा विधेयकमा भएको त्रुटि सच्याएर मात्रै पारित हुन्छः गगन थापा

१४ घण्टा अघि
७

अपर तामाकोशी हाइड्रोपावरको सेयरमा आवेदन दिने समय थप

१४ घण्टा अघि
८

जाँड–रक्सी खाएर प्रहरीमाथि आक्रमण गर्ने तीनजना पक्राउ

१५ घण्टा अघि
९

तत्काल पठनपाठन सूचारु गर्न काभ्रेका स्थानीय तहको निर्देशन

१५ घण्टा अघि
१०

तेस्रो संस्करणको पीपीएल क्रिकेट प्रतियोगिता कात्तिकमा हुने

१५ घण्टा अघि
११

प्रधानमन्त्री दाहाल र डब्लूएचओका महानिर्देशक टेड्रोसबीच भेटवार्ता

१६ घण्टा अघि
१२

एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक,हवाई भाडामा १०% छुट

१६ घण्टा अघि

महिनाभर प्रचलित रहेका

  • Facebook_creation_11637382 १

    धादिङमा चाडपर्व लक्षित बजार अनुगमन

    १ हफ्ता अघि
  • amrit neupane thag २

    पाँच करोड भन्दा बढी ठगी गरेको आरोपमा धादिङका न्यौपाने पक्राउ

    ३ हफ्ता अघि
  • surya jyoti ३

    सुर्यज्योती लाईफको अभिकर्ता सम्मान तथा पुनर्ताजगी कार्यक्रम सम्पन्न

    ३ हफ्ता अघि
  • rajendra pandey nirwachan ४

    एमसीसी अनुगमन गर्न राजेन्द्र पाण्डेको संयोजकत्वमा समिति गठन

    २ हफ्ता अघि
  • rajendra pande ५

    सुवास नेम्वाङ्गको निधनले अत्यन्त दुःखित छु : उपाध्यक्ष पाण्डे

    १ हफ्ता अघि
  • akikrit-samajwadi-office ६

    एकीकृत समाजवादीका सल्लाहकार परिषद् सदस्य विश्वकर्माको हृदयघातबाट निधन

    १ हफ्ता अघि
  • gyanendra shahi fnj ७

    पत्रकारमाथी सांसद शाहीको धम्की स्वतन्त्र पत्रकारितामाथिको ज्यादती : पत्रकार महासंघ

    ३ हफ्ता अघि
  • suman thapa ८

    अव आँखा पाक्ने रोगको संक्रमण कम हुन्छ : डा.थापा

    २ हफ्ता अघि
  • mukunda rijal ९

    काठमाडौं १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन

    २ हफ्ता अघि
  • samsad adhibeshan १०

    प्रतिनिधिसभाको बैठक बस्दै : आज चार मन्त्रीले जवाफ दिने

    २ हफ्ता अघि
  • चर्चित कहावत ‘ब्याक टु मंगलमान’ को अन्तर्य

    न्युज डेस्कप्रकाशित मिति: २०७८ बैशाख ९, बिहिबार (२ साल अघि)
  • १४१६ पाठक संख्या
  • mangalman

    ९ बैशाख,काठमाण्डौ – पाटनका इतिहासकार हरिराम जोशीले एउटा पुस्तकको फोटोकपी थमाए । सिद्धिचरण श्रेष्ठकृत खण्डकाव्य मंगलमान रहेछ । त्यो पढेपछि खुल्यो, चर्चित कहावत ‘ब्याक टु मंगलमान’ को अन्तर्य ।

    मिलिटरी फौजलाई घरेलु इलम सिकाउने क्रममा मणिराज उपाध्याय र जुजुमान प्रधान समातिए, राणाविरोधीको बात लगाएर । जुजुमानलाई मृत्युदण्ड दिइने भएपछि गारदमा पुगे, उनका पिता गणेशमान र माइला छोरा मंगलमान । उनीहरुलाई भनियो, ‘ जति हेर्न मन लाग्छ, आजै हेर । भोलिपर्सि हेर्न पाउने छैनौ ।’  त्यतिबेला प्रधानमन्त्री पद्मशमशेर थिए भने चिफसाहेब मोहनशमशेर । चिफसाहेबको मृत्युदण्ड प्रस्ताव पद्‍मशमेशरले सकारेनन् । र, आजीवन कारावासको सजाय पाएका जुजुमान १२ वर्ष जेल बसेर प्रजातन्त्रसँगै छुटे ।

    त्यही घटनापछि विद्रोही बनेर निक्लिए, मंगलमान । उनी कस्ता क्रान्तिकारी भने, आफू त्यति पढालिखा नभए पनि घरमै हरिजन विद्याश्रम खोले । स्कुलको हेडमास्टर बनाए धोबीलाई । च्यामे, पोडेका छोराछोरीलाई पढाए । विक्रम संवत् १९८२ साउनमा त्यौडको घवाननी चोकमा जन्मेका उनी समाज सुधारका क्रममा ३६ वर्षे जीवनमै २४ – २५ पटक जेल परे । घर–जेल, जेल–घर गर्दै बित्यो । एक पटक उनी बिरामीले थलिएर घरमा एक्लै रहेछन् । एउटा चोर पसेछ । जेलको साथीलाई देखेर दंग परेछन् । छक्क परेको त्यही चोरले मंगलमानलाई औषधोपचार गरेर ठीक पारेछ ।

    आन्दोलनका हरेक मोर्चामा तैनाथ हुन्थे, मंगलमान । उनीबिनाको जुलुस फिक्का हुन्थ्यो । गंगालाल श्रेष्ठका पिता अध्यक्ष रहेको न्यून वैतनिक कर्मचारी संघको आन्दोलनमा समेत उनी थुनिए । खुर्सानी काण्डमा समातिए र जेलवास भयो ।  उनले सदैव आफूलाई ‘मंगलमान नेपाली’ का रुपमा चिनाए । कथित अछूतहरुका प्रिय नेता, गरिबहरुका साथी, भूगोलपार्क, ममता, नेपाली दैनिकका  सम्पादक । डाक्टर केआई सिंहलाई ‘ड्राइभर’ लेखेबापत उनको पत्रिका भूगोलपार्कको दर्ता खारेज भएको थियो ।

    अछूतहरुसितको बसाउठीले गर्दा उनको भातपानी काडियो । आफूले मन पराएकी च्यामे कन्यासित विवाह गर्न पाएनन् । ७ पुस २०१८ मा उनको इहलीला सकिँदा लास उठाउने कोही भएनन् । न गुठियार, न दाजुभाइ, न छरछिमेक, न इष्टमित्र, न पत्रकार ।

    सिद्धिचरणले त्यही सामाजिक साँघुरोपनविरुद्ध उठेको फिलिंगोरुपी मंगलमानलाई नायक बनाएर सिंगो काव्य लेखेका रहेछन् । कृष्णचन्द्रसिंह प्रधानको शब्दमा ‘हेर्दा ग्वाँजे ग्वाँजे, होचा–होचा र कमिज सुरुवालमा सधैँभरि हतारहतार हिँडिरहने सर्वहारा’ यी पात्रको कथालाई डिल्लीरमण रेग्मीले घोषणा गरेका रहेछन्, ‘ब्याक टू मंगलमान’ । अर्थात्, काम गर्ने, जस नपाउने । जति काम गरे पनि सधैँको पछाडि ।

    राजाको काव्यार्चना

    प्रज्ञा पुस्तक प्रदर्शनी थियो, मंसिरको अन्तिम साता कमलादीमा । छान मार्ने क्रममा भेटियो, शुभ जन्मोत्सव काव्यार्चना । यो पुस्तक पाउँदा किन–किन आनन्दानुभूति भयो । पहेँलो र खैरो खोल भएको किताबमा मोल भने रहेनछ । अनमोल भएकाले मोल नराखिएको होला सायद ।

    जसै काउन्टरमा पुस्तक देखाएँ, रसिद बनाइयो दुई रुपैयाँको । अहिलेको जमानामा दुई रुपैयाँमा पुस्तक पाउनु ‘अहोभाग्य’ नै हो । प्रदर्शनीकै एक छेउमा बसेर किताब पढिसिध्याएँ ।

    खासमा यो रहेछ, नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानका सदस्यहरुद्‍वारा गरिएको काव्यार्चना । सन्दर्भ ३० जेठ ०२७ अर्थात् राजा महेन्द्रको जन्मदिन । १३ जना अर्चनाकार रहेछन्, केदारमान व्यथित (सायद कुलपति) बालकृष्ण सम, माधवप्रसाद घिमिरे, भवानी भिक्षु, सूर्यविक्रम ज्ञवाली, लैनसिंह बाङ्देल, कृष्णचन्द्रसिंह प्रधान, चूडानाथ भट्टराय, धर्मराज थापा, पोषण पाण्डे, रत्‍नध्वज जोशी, विजय मल्ल र श्यामदास वैष्णव ।

    ‘सरकारको परम भक्त प्रज्ञा परिवार’ को समर्पणमा लेखिएको छ, ‘सरकारबाट हाम्रै सर्वोच्च शिखरमा फुकिबक्सेको बाँसुरीबाट …।’ चिल्ला कागजमा १२ कविले कविताबाटै राजा महेन्द्रको जयगान गरिरहँदा सूर्यविक्रम ज्ञवाली दु:खी आत्माजस्ता देखिए । उनले तीन अनुच्‍छेदमा आफ्‍नाे काम चलाउ गद्यबाटै टिठलाग्दो अर्चना गरेका रहेछन् । यिनले आफ्ना गद्यलाई तोडफोड गरेर कविता बनाउन नचाहेका हुन् या नसकेका हुन् ? यसै भन्‍न सकिएन ।

    हुन त नेपालमा स्तुतिकारहरुको कमी कहिल्यै भएन । एक सेट स्तुतिकार अहिले पनि नेपाल प्रज्ञाप्रतिष्ठानमै मौजुद छन् । तिनले राजालाई स्तुति गर्नुपर्ने बाध्यता छैन । तर बालुवाटारमा बाँसुरी फुक्‍ने  केपी ओलीको अर्चना गर्ने आइडिया भने निकाल्न सक्छन् । शीतलनिवासमा राष्ट्रपतिज्यूको विरुदावली गाउने मौका पनि छँदै छ ।

     

  • subhayug
  • ब्याक टु मंगलमान
  • मंगलमान
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने एक युवक पक्राउ

  • यू–१९ विश्वकप क्रिकेटः नेपालको पहिलो खेल न्युजिल्यान्डसँग

  • अनलाइनमार्फत ११ लाख ठगी गर्ने एक महिला पक्राउ

  • सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता सुरु


  • समाचार
  • १

    मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने एक युवक पक्राउ
    १३ घण्टा अघि

  • २

    यू–१९ विश्वकप क्रिकेटः नेपालको पहिलो खेल न्युजिल्यान्डसँग
    १३ घण्टा अघि

  • ३

    अनलाइनमार्फत ११ लाख ठगी गर्ने एक महिला पक्राउ
    १३ घण्टा अघि

  • ४

    सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता सुरु
    १३ घण्टा अघि

  • ५

    त्रिभुवन विमानस्थल आसपास चङ्गा, ड्रोन, बेलुन नउडाउन प्राधिकरणको आग्रह
    १४ घण्टा अघि

  • ६

    विद्यालय शिक्षा विधेयकमा भएको त्रुटि सच्याएर मात्रै पारित हुन्छः गगन थापा
    १४ घण्टा अघि

  • ७

    अपर तामाकोशी हाइड्रोपावरको सेयरमा आवेदन दिने समय थप
    १४ घण्टा अघि

  • ८

    जाँड–रक्सी खाएर प्रहरीमाथि आक्रमण गर्ने तीनजना पक्राउ
    १५ घण्टा अघि

  • ९

    तत्काल पठनपाठन सूचारु गर्न काभ्रेका स्थानीय तहको निर्देशन
    १५ घण्टा अघि

  • १०

    तेस्रो संस्करणको पीपीएल क्रिकेट प्रतियोगिता कात्तिकमा हुने
    १५ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    amrit neupane thag
    ३ हफ्ता अघि

    पाँच करोड भन्दा बढी ठगी गरेको आरोपमा धादिङका न्यौपाने पक्राउ

    सामाजिक सञ्जालबाट
    १

    बाइडेन र जेलेन्स्कीबीच ह्वाइट हाउमा वार्ता

    शुभयुग सम्वाददाता
    २

    क्यानडाबाट भारतीय भिसा बन्द

    शुभयुग सम्वाददाता
    ३

    क्यानडामा भारतीयलाई आक्रमण हुन सक्ने भन्दै ‘एडभाइजरी’ जारी

    शुभयुग सम्वाददाता
    ४

    चीनमा भीषण आँधीका कारण पाँच जनाको मृत्यु

    शुभयुग सम्वाददाता
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution