२०८१ आश्विन २५, शुक्रबार
४ बैशाख,काठमाण्डौ – पछिल्लो २४ घण्टामा देशभर ८ सय ४३ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
योसंगै देशभर अब सक्रिय संक्रमितको संख्या ५ हजार ५ सय ४५ जना पुगेको छ । आज संक्रमित हुनेहरुमा ७ सय ६८ जना पीसीआर र ७५ जनामा एन्टिजेन परीक्षण गरिएको थियो । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ८३ हजार ६५८ पुगेको छ।
आज देशभर ५ हजार३ सय ३३ पीसीआर परीक्षण गरिएको छ भने ६ सय ७१ एन्टिजेन परीक्षण गरिएको छ। जसमा ८ सय ४३ मा कोरोना संक्रमण देखिएको हो । शनिबार २२६ जना कोरोना संक्रमित डिस्चार्ज भएको मन्त्रमलयले उल्ले गरेको छ ।
त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा पाँच जनाको कोरोनाका कारण मृत्यु भएको छ । यो संगै देशभर कोरोनाको कारण मृत्यु हुनेको जम्मा संख्या ३ हजार ७५ पुगेको छ।
भारतमा कोरोनाको नयाँ प्रजातीको कोरोना भाइरस देखिएसंगै त्यहाँको संक्रमितदर पनि ह्वात्तै बढेकाले नेपालमा पनि त्यस्को असर देखिएको छ । नेपालका तराईका जिल्लाहरु कोरोनाको हटस्पट बन्दै गएका छन् । भने नेपालमा संक्रमित हुनेको संख्यामा पनि दिनका दिन वृद्धि हुँदै छ ।
यद्यपि सरकारले भने अझै कुनै ठोस निर्णय लिन सकेको छैन ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar