२०७९ जेष्ठ ८, आईतबार
३ बैशाख,काठमाण्डौ – कर्णाली प्रदेशमा नेकपा एमालेका सांसदहरुले फ्लोर क्रस गर्दा महेन्द्रबहादुर शाही सरकार जोगिएको छ भने कँडेलको भावी मुख्यमन्त्री बन्ने सपना चकनाचुर बनेको छ ।
शुक्रवारको प्रदेशसभामा सहभागी एमालेका चार सांसदहरुले‘ फ्लोर क्रस गरेका थिए । फ्लोर क्रस गरेर राजनीतिको गेम चेञ्ज गर्ने एमाले सांसदहरुमा प्रकाश ज्वाला, अमर थापा, कुर्मराज शाही र नन्दसिङ बुढा छन् । फ्लोर क्रस गर्ने सांसदहरुलाई कारवाही गर्न कर्णाली प्रदेश एमाले संसदीय दलको बैठक बसेको छ ।
कर्णाली प्रदेशसभा बैठक सकिए लगत्तै एमालेको बैठक बसेको हो । यद्धपी सांसद देवि ओलीले भने शाहीको पक्षमा मतदान गरे पनि आफ्नो मत सच्याएकी थिइन् । उनलाई पनि कारवाही गर्ने तयारी गरिएको छ ।
उता कर्णाली प्रदेशका एमाले संसदीय दलका नेता यामलाल कँडेल फ्लोर क्रस गर्ने सांसदहरुप्रति आक्रोशित बनेका छन् । उनले पार्टीका सांसदहरुबाट राजनीतिक अपराध गर्ने काम भएको प्रतिक्रिया दिए ।
उनले यस्तो क्रियाकलाप जिम्मेवार व्यक्तिहरुबाट हुने आफूले नसोचेको बताए । ‘पार्टीका माननीय साथीहरूबाट गलत हर्कत भयो । यो राजनीतिक अपराध हो । हामी अब बिधानअनुसार चल्नेछौँ’, उनले प्रतिक्रिया दिए ।
अनामनगर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
प्रधान सम्पादक :
विवेक अर्याल ९८५१२२०८२०
कुवेत प्रतिनिधि : कमल सिंह