२०८१ आश्विन २५, शुक्रबार
३ बैशाख,काठमाण्डौ – रुरु जलविद्युत् परियोजना लिमिटेडले जारी गरेको आईपीओको आज बाँडफाँड सम्पन्न भएको छ ।
आईपिओ बाँडफाँडको काम सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको केन्द्रिय कार्यालय नक्सालमा सम्पन्न भएको हो । कम्पनीको आईपिओ बाँडफाँडको काम सम्पन्न भइसकेतापनी लगानीकर्ताहरुले नतिजा हेर्नका लागि भने केहि समय पर्खनुपर्ने छ । डाटाहरु भेरिफाई गरि सिस्टममा अपलोड गर्न केहि समय लाग्न सक्ने क्यापिटलले जनाएको छ ।
कम्पनीले चैत्र २० गतेदेखि चैत्र २४ गते सम्म निश्कासन गरेको आईपीओमा १६ लाख ६९ हजार ५ सय ६६ जना आवेदकले २ करोड ३३ लाख ७७ हजार २ सय २० कित्ताका लागि आवेदन परेको छ । यो सर्वसाधारणका लागि निष्कासन गरिएको भन्दा ६१।६५ गुणा बढी हो ।
अन्तिम तथ्यांकलाई हेर्दा ग्रोलाप्रथाबाट वितरण गर्दा ३७ हजार ९ सय १६ जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्नेछन् भने बाँकी ९८ प्रतिशत भन्दा धेरै अर्थात् १६ लाख ३१ हजार ६४९ जना भन्दा धेरै आवेदकको हात खाली हुनेछ ।
कम्पनीले सर्वसाधारणका लागि १२० रूपैयाँका दरले ४ लाख ७ हजार ७ सय ६ कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये, २ प्रतिशत अर्थात् ८ हजार एक सय ५४ कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात् २० हजार ३ सय ८५ कित्ता सामूहिक लगानी कोषका लागि र बाँकी ३ लाख ७९ हजार एक सय ६७ कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar