२ बैशाख, काठमाडौँ – बागमती प्रदेशको प्रमुख प्रतिपक्ष दलका नेता शालिकराम जमरकट्टेलले सरकारले प्रदेशसभाको अधिकारमाथि हस्तक्षेप गरेको आरोप लगाएका छन् ।
बागमती प्रदेशसभाको आज बसेको बैठकमा नयाँ वर्ष २०७८ को शुभकामना व्यक्त गर्दै नेता जम्कट्टेल मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध तत्कालीन नेकपाका ४५ जना सांसदहरुको हस्ताक्षरसहित पेश भएको अविश्वास प्रस्ताव माथि प्रदेश सरकारले दवाव दिएर बैठक स्थगित गरेर प्रदेशसभाको अधिकारमाथि हस्तक्षेप गरेको बताए ।
उनले भने, ‘हामी एउटै पार्टीमा भएको बेला हामीले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरायौँ । तर सरकारको बलमिच्याई अविश्वास प्रस्तावमाथि छलफल हुन सकेन । सरकारले प्रदेशसभाको अधिकारमाथि नै हस्तक्षेप गर्यो ।’सरकार अविश्वास प्रस्ताव दर्ता भएपछि डराएर भागेको भन्दै सरकारको यस्तो प्रवृत्तिले सरकारले लोकतन्त्र, गणतन्त्र र संविधान खतरामा परेको बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको गत पुस ५ गतेको प्रतिनिधिसभा विघटन गर्ने प्रतिगमनकारी निर्णयले देश संकटमा परेको भन्दै प्रधानमन्त्री पद छेड्नुपर्दा कुर्सी भाँच्छु भन्ने प्रधानमन्त्री ओलीको कारण नेपालीहरुको संविधान खतरामा परेको बताए ।
प्रदेश सरकारले बिना मापदण्ड विद्युतिय बस खरिद प्रकृया अगाडी बढाएको प्रति आपत्ति जनाउँदै सो विद्युतीय बस पनि प्रधानमन्त्रीले पूर्वाधार तयार नै नगरी ल्याएको जनकपुर–जयनगर चल्ने रेल जस्तै त्रिपालले छोपेर राख्नुपर्ने अवस्थाको हुने बताए ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar