२०७९ जेष्ठ ११, बुधबार
१६ चैत्र,काठमाण्डौं – सामसङले ‘ग्यालेक्सी एम १२’ स्मार्ट फोन नेपाली बजारमा भित्र्याएको छ ।
एम सिरिजअन्तर्गतको एम १२ स्मार्ट फोनमा ६ हजार एमएएच ब्याट्री र ४८ मेगापिक्सल क्यामेरालगायतका अत्याधुनिक विशेषताहरु रहेका छन् ।
एम १२ मा ९० हर्ज रिफ्रेस रेट, ८एनएम एक्सेनस प्रोसेसर जस्ता विशेषताहरु पनि छन् । यसमा १५ वाटको फास्ट चार्जिङ र ६.५ इन्चको डिस्प्ले सुविधा रहेको छ । फोनमा भएको चार क्यामराले उत्कृष्ट फोटो खिच्न सघाउने कम्पनीले जनाएको छ । जसमा ४८ मेगापिक्सलको वाइड एंगल, ५ मेगापिक्सलको क्लोज अप, २ मेगापिक्सलको म्याक्रो, २ मेगापिक्सलको डेप्थ क्यामरा र ८ मेगापिक्सलको सेल्फी क्यामरा जडान गरिएको कम्पनीले जनाएको छ ।
एम १२ मा सामसङका प्रिमियम सुविधाहरु सामसङ हेल्थ, सामसङ थिम, ग्यालेक्सी एप तथा मोन्स्टर रिलोडेडको लागि स्मार्ट स्वीच जस्ता सुविधाहरु पनि रहेका छन् । कालो, नीलो र सेतो रङमा उपलब्ध यस फोनको ४ जीबी र्याम र ६४ जीबी रोमको १८ हजार ४ सय ९९ रुपैयाँ तोकिएको छ । त्यसैगरी, ६ जीबी र्याम र १२८ रोमको २२ हजार ४ सय ९९ रुपैयाँ पर्ने कम्पनीले जनाएको छ ।
अनामनगर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
प्रधान सम्पादक :
विवेक अर्याल ९८५१२२०८२०
कुवेत प्रतिनिधि : कमल सिंह