कृष्ण ओझा
१५ चैत्र, पाँचथर – पाँचथरको फिदिममा चिया तथा कफीको एकीकृत विकासको लागि स्थानिय तह र सरोकारवाला विच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
आइतबार भएको अन्तरक्रिया कार्यक्रममा पाँचथरका स्थानिय तहका प्रमुख ,उपप्रमुख, प्रतिनिधिहरु र कृषि सहकारी, चिया तथा कफी कृषकहरु उपस्थित् थिए । स्थानिय सरकारको योजनामा उक्त खेति बिस्तारका लागि समन्वय गर्न जिससले समन्वय गरेको जिसस प्रमुख बिष्णु प्रसाद सापकोटाले जानकारी दिए ।
संघिय सरकारको मातहतमा देशै भरी अभियानमा रहेको जनाउदै वोर्डका डाइरेक्टर बिष्णु प्रसाद भट्टराइले उक्त अन्तरक्रिया सरोकारवाला माझ गराएका हुन । भट्टराइले चिया तथा कफी बिस्तार र बिकासका लागि समस्या पहिचान गरी केन्द्रिय बजेट र्तजुमा गर्न लागेको जनाउदै र्निधक्क भएर किसान र बिषयगत सहकारीहरु साथै सरोकारवालाहरुलाई भनाइ राख्न आग्रह गरेका थिए ।
पुर्व गृह राज्य मन्त्री दिपक प्रकास बाँस्कोटाको प्रमुख आतिथ्यमा उक्त किसानहरुको गुनासा र कफी र चियाका उत्पादनको चुनौति र बिकास , बजार बिस्तारको गुनासा र सुझाव राखेका थिए । अन्तरक्रियामा चिया तथा कफी उत्पादन , विस्तारका लागि समस्या के हुन , चिया कफी गर्न समस्या के प¥यो , समस्या के आइ प¥यो , के गर्दा लाग्न सकिन्छ ,समस्या कसरी हल हुने जस्ता बिषय छलफल गरीएको थियो ।
पाँचथरमा चिया तथा कफी खेतिका लागि ठाउ बिषेस उर्भर भुमि भएकाले सहकारी तथा बिषयगत किसानहरुले राज्यले ध्यान नदिएको आरोप लगाएका थिए ।किसानहरुको लगानि , कफी तथा चियाको उचित बजारीकरण , प्रसोधन उपकरणको अभाव , सौहुलियत ऋण प्रवाहमा समयमा ऋण नपाएको , पहुचवालाहरुले मात्र सौहुलियत ऋण पाएको ,किसानहरुले गुनासा राखेका थिए ।
राज्यले कृषिमा यान्त्रीकरण गर्न पहिलो कृषिलाई व्यवसायिककरण गर्नु पर्ने कृषक गणेश पोखरेलले जानकारी र सुझाव दिएका थिए । पोखरेलले अन्तरक्रियामा भने, जान्ने जति कुर्सिमा , नजान्ने जती कृषिमा भएकाले यो अवस्थामा आएको हुन सक्ने र समस्याको समाधान गर्न अर्थ सहितको बिज्ञहरुको रणनितिक योजनामा ध्यान जान आवश्यकता रहेको जनाए ।
कार्यक्रममा स्थानिय राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरु , जिल्ला सहकारी संघ , चिया तथा कफी लगायतका कृषकहरुको प्रतिनिधिमुलक सहभागिता रहेको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar