२०७९ जेष्ठ ११, बुधबार
२ चैत्र,काठमाण्डौ – पार्टी एकताबारे पार्टी अध्यक्ष केपी ओलीसंगको छलफलवारे एमाले बरीष्ठ नेता माधवकुमार नेपालले आफू निकटका सांसद् तथा केन्द्रीय कमिटी सदस्यहरुलाई ब्रिफिङ गर्ने तयारी गरेका छन् ।
सोमबार बानेश्वरको एक होटलमा ब्रिफिङ कार्यक्रम हुँदैछ । नेपाल पक्षका एक नेताले दिएको जानकारी अनुसार अहिले केहिबेरमा ब्रिफिङकालागि सांसद् तथा केन्द्रीय कमिटीका सदस्यहरुलाई बोलाइएको छ ।
आज विहानमात्र पार्टी मुख्यालय धुम्बाराहीमा प्रधानमन्त्री केपी शर्मा ओली र माधवकुमार नेपाल पक्षका नेताहरुबीच छलफल भएको थियो। तर, बैठकले कुनै निष्कर्ष निकाल्न नसकेको नेताहरुको प्रतिक्रिया छ । छलफलमा नेपाल पक्षले अदालतले निर्णय गरे अनुसार पूर्ववत् अवस्थामा पार्टीलाई लैजानुपर्ने र फागुन २८ गतेको निर्णय रद्द हुनुपर्ने प्रस्ताव गरेका थिए। तर, ओलीले भने फागुन २८ को निर्णय रद्द नहुने प्रष्ट पारेका थिए।
’२८ गतेको निर्णय विधान बमोजिम छ’, ओलीको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने, ’निर्णय मान्ने भए आउनुस्, नभए के गर्न सक्छु र रु’ छलफलको अर्को कार्यक्रम कहिले हुने र कसरी हुने टुंगो नलागेको नेताहरुको भनाइ छ।
अनामनगर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
प्रधान सम्पादक :
विवेक अर्याल ९८५१२२०८२०
कुवेत प्रतिनिधि : कमल सिंह