• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८० आश्विन ६, शनिबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री subhayug.com केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने एक युवक पक्राउ

१३ घण्टा अघि
२

यू–१९ विश्वकप क्रिकेटः नेपालको पहिलो खेल न्युजिल्यान्डसँग

१४ घण्टा अघि
३

अनलाइनमार्फत ११ लाख ठगी गर्ने एक महिला पक्राउ

१४ घण्टा अघि
४

सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता सुरु

१४ घण्टा अघि
५

त्रिभुवन विमानस्थल आसपास चङ्गा, ड्रोन, बेलुन नउडाउन प्राधिकरणको आग्रह

१५ घण्टा अघि
६

विद्यालय शिक्षा विधेयकमा भएको त्रुटि सच्याएर मात्रै पारित हुन्छः गगन थापा

१५ घण्टा अघि
७

अपर तामाकोशी हाइड्रोपावरको सेयरमा आवेदन दिने समय थप

१५ घण्टा अघि
८

जाँड–रक्सी खाएर प्रहरीमाथि आक्रमण गर्ने तीनजना पक्राउ

१६ घण्टा अघि
९

तत्काल पठनपाठन सूचारु गर्न काभ्रेका स्थानीय तहको निर्देशन

१६ घण्टा अघि
१०

तेस्रो संस्करणको पीपीएल क्रिकेट प्रतियोगिता कात्तिकमा हुने

१६ घण्टा अघि
११

प्रधानमन्त्री दाहाल र डब्लूएचओका महानिर्देशक टेड्रोसबीच भेटवार्ता

१७ घण्टा अघि
१२

एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक,हवाई भाडामा १०% छुट

१७ घण्टा अघि

महिनाभर प्रचलित रहेका

  • Facebook_creation_11637382 १

    धादिङमा चाडपर्व लक्षित बजार अनुगमन

    १ हफ्ता अघि
  • amrit neupane thag २

    पाँच करोड भन्दा बढी ठगी गरेको आरोपमा धादिङका न्यौपाने पक्राउ

    ३ हफ्ता अघि
  • surya jyoti ३

    सुर्यज्योती लाईफको अभिकर्ता सम्मान तथा पुनर्ताजगी कार्यक्रम सम्पन्न

    ३ हफ्ता अघि
  • rajendra pandey nirwachan ४

    एमसीसी अनुगमन गर्न राजेन्द्र पाण्डेको संयोजकत्वमा समिति गठन

    २ हफ्ता अघि
  • rajendra pande ५

    सुवास नेम्वाङ्गको निधनले अत्यन्त दुःखित छु : उपाध्यक्ष पाण्डे

    १ हफ्ता अघि
  • akikrit-samajwadi-office ६

    एकीकृत समाजवादीका सल्लाहकार परिषद् सदस्य विश्वकर्माको हृदयघातबाट निधन

    १ हफ्ता अघि
  • gyanendra shahi fnj ७

    पत्रकारमाथी सांसद शाहीको धम्की स्वतन्त्र पत्रकारितामाथिको ज्यादती : पत्रकार महासंघ

    ३ हफ्ता अघि
  • suman thapa ८

    अव आँखा पाक्ने रोगको संक्रमण कम हुन्छ : डा.थापा

    २ हफ्ता अघि
  • mukunda rijal ९

    काठमाडौं १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन

    २ हफ्ता अघि
  • samsad adhibeshan १०

    प्रतिनिधिसभाको बैठक बस्दै : आज चार मन्त्रीले जवाफ दिने

    २ हफ्ता अघि
  • नेकपा विवादबारे निर्वाचन आयोगले तत्काल निर्णय नलिने

    Reporterप्रकाशित मिति: २०७७ फागुन १३, बिहिबार (२ साल अघि)
  • २७१० पाठक संख्या
  • nirbachan aayog

    १३ फागुन,काठमाण्डौं – निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कानुनी रूपमा एउटै दल भएकाले आधिकारिकताबारे तत्काल कुनै निर्णय आवश्यक नरहेको निष्कर्ष निकालेको छ ।

    प्रतिनिधिसभा विघटनको निर्णयसँगै राजनीतिक रूपमा विभाजित नेकपाबारे यसअघिकै निर्णयलाई निरन्तरता दिँदै आयोग आधिकारिकतासम्बन्धी विवादमा प्रवेश नगर्ने भएको हो । आधिकारिकताका लागि तोकिएको हदम्यादभित्र दुवै पक्षले दाबी नगरेको, राजनीतिक दलसम्बन्धी ऐन, नियमावली, पार्टी विधान एवं पार्टीको परिपत्रअनुसार कानुनी रूपमा नेकपा एउटै भएको र विधानअनुसार दुवै अध्यक्षको सहमतिमा महासचिवले डाकेको बैठक आधिकारिक हुने निर्णय आयोगले माघ ११ गते नै गरिसकेको छ ।

    आयोगले नेकपा कानुनी रूपमा एउटै रहेको दोहोर्‍याएपछि पुष्पकमल दाहाल–माधवकुमार नेपालले गरेको आधिकारिकता दाबीको प्रक्रिया पनि अघि नबढ्ने भएको छ । आयोग स्रोतका अनुसार पुस ५ गते संसद् विघटन भएको, राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार ३० दिनभित्र आधिकारिकता दाबी गरिसक्नुपर्ने भए पनि माघ २० गते दाबी आउँदा ४५ दिन भइसकेकाले त्यसमा कुनै निर्णय आवश्यक नरहेको निष्कर्ष आयोगको छ ।

    ‘नेकपा विवादको विषयमा तोकिएको समयभित्र दुवै पक्षबाट दाबी नआएपछि हामीले ऐन, पार्टी विधान र निर्णय एवं परिपत्रका आधारमा नेकपा कानुनी रूपमा पुस ५ गतेअघिकै अवस्थाको दल भएको निर्णय दिइसकेका छौं,’ एक आयुक्तले भने ‘अब उहाँहरूको विवाद यहाँभन्दा पनि संसद्तिरै हुन सक्छ । नयाँ विषयमा वा नयाँ विवाद नआएसम्म एउटै विषयमा आयोगले पटकपटक निर्णय गर्ने कुरा आउँदैन ।’

    आयोगले संसद् पुनस्र्थापनापछि अब विवाद फरक ढंगले देखिन सक्ने अनुमानसमेत गरेको छ । ‘चुनावका लागि पार्टीको नाम, चिह्न र आधिकारिकताबारे विवाद थियो,’ आयोग स्रोतले भन्यो, ‘अब संसद् पुनस्र्थापनासँगै राजनीतिक विवाद संसदीय गणिततर्फ सोझिएको छ ।’ आयोगले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएपछि महाधिवेशन नभएको र महाधिवेशनसम्म नेकपाका दुवै अध्यक्षको सहमतिमा महासचिवले बैठक बोलाएर निर्णय लिने भन्ने विषय पार्टी विधानमै स्पष्ट रूपमा उल्लेख गरिएकाले दुई पक्षले एकअर्कालाई गरेको कारबाहीको कुनै औचित्य नहुने पनि बताएको छ । नेकपा विवाद समाधानको सबैभन्दा उत्तम बाटो महाधिवेशन नै भएको आयोगको मत छ । तर संसद् पुनस्र्थापनापछि विवाद कसरी अगाडि बढ्छ भन्ने विश्लेषण गरेर आयोगले आगामी रणनीति तय गर्ने स्रोतको भनाइ छ ।

    आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले नेकपा विवाद निरूपणको चाप पहिलेजस्तो नरहेको बताए । ‘संसद पुनःस्थापना हुनुअघिसम्म आयोग निर्वाचनको तयारीमा थियो, दल दर्ता नगरी नहुने अवस्था थियो,’ श्रेष्ठले भने, ‘अब निर्वाचन नहुने भएपछि निर्वाचनका लागि आजभोलि नै दल दर्ता गरिहाल्नुपर्ने चाप परेन ।’ उनले अब दल दर्ताका लागि सूचना निकाल्नुनपर्ने भएपछि आयोगलाई आजभोलि नै निर्णय लिनुपर्ने अवस्था नरहेको स्पष्ट पारे । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी आगामी वैशाख १७ र २७ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने घोषणा गरेकी थिइन् । त्योसँगै सत्तारूढ दल नेकपामा विवाद उत्पन्न भएको थियो । निर्वाचन घोषणापछि निर्वाचन तयारी अघि बढाइरहेको आयोगले फागुन २१ गते निर्वाचनका लागि दल दर्ता आह्वान गर्ने कार्यक्रम थियो ।

    सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गरेसँगै अब तत्काल निर्वाचन नहुने भएकाले निर्वाचनसम्बन्धी तयारीका सबै काम आयोगले स्थगित गर्ने भएको छ । ‘प्रतिनिधिसभा पुनस्र्थापना भएसँगै निर्वाचन तयारी गर्नुपरेन,’ श्रेष्ठले भने, ‘निर्वाचन प्रयोजनका लागि सामान्यबाहेक आयोगले कुनै खर्च पनि गरेको छैन ।’ निर्वाचनका अन्य कार्यक्रम स्थगित भए पनि मतदाता नामावलीको अन्तिम टुंगो लगाउने र मतदान केन्द्र, स्थल निर्धारणको काम भने करिब पूरा भएको आयोगले जनाएको छ । ‘मतदाता नामावली र मतदान केन्द्र, स्थल निर्धारणको काम पछिका निर्वाचनमा पनि काम लाग्छ,’ आयोगले भन्यो, ‘त्यसबाहेक मतदान सामग्री खरिद, सवारीसाधन खरिद तथा मर्मत, मतदाता शिक्षा, मतपत्र छपाइलगायत कुनै काम अघि बढिनसकेकाले अहिलेसम्म खर्च भएको छैन ।’

    आयोगले विभिन्न किसिमका निर्वाचन सामग्री खरिदका लागि मंगलबार आह्वान गरेको टेन्डरसमेत केही दिनमै रद्द गर्ने तयारी अघि बढाएको छ । ‘सर्वोच्च अदालतको फैसलाबारे लिखित जानकारी आयोगलाई आइसकेको त छैन,’ आयोग स्रोतले भन्यो, ‘हामीले मौखिक जानकारीकै आधारमा निर्वाचन तयारीका सबै कामलाई रोकेका छौं ।’ नागरिक दैनिकबाट ।

  • subhayug
  • निर्वाचन आयोग
  • नेकपा
  • नेपाल कम्युनिस्ट पार्टी
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने एक युवक पक्राउ

  • अनलाइनमार्फत ११ लाख ठगी गर्ने एक महिला पक्राउ

  • सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता सुरु

  • त्रिभुवन विमानस्थल आसपास चङ्गा, ड्रोन, बेलुन नउडाउन प्राधिकरणको आग्रह


  • समाचार
  • १

    मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने एक युवक पक्राउ
    १३ घण्टा अघि

  • २

    यू–१९ विश्वकप क्रिकेटः नेपालको पहिलो खेल न्युजिल्यान्डसँग
    १४ घण्टा अघि

  • ३

    अनलाइनमार्फत ११ लाख ठगी गर्ने एक महिला पक्राउ
    १४ घण्टा अघि

  • ४

    सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता सुरु
    १४ घण्टा अघि

  • ५

    त्रिभुवन विमानस्थल आसपास चङ्गा, ड्रोन, बेलुन नउडाउन प्राधिकरणको आग्रह
    १५ घण्टा अघि

  • ६

    विद्यालय शिक्षा विधेयकमा भएको त्रुटि सच्याएर मात्रै पारित हुन्छः गगन थापा
    १५ घण्टा अघि

  • ७

    अपर तामाकोशी हाइड्रोपावरको सेयरमा आवेदन दिने समय थप
    १५ घण्टा अघि

  • ८

    जाँड–रक्सी खाएर प्रहरीमाथि आक्रमण गर्ने तीनजना पक्राउ
    १६ घण्टा अघि

  • ९

    तत्काल पठनपाठन सूचारु गर्न काभ्रेका स्थानीय तहको निर्देशन
    १६ घण्टा अघि

  • १०

    तेस्रो संस्करणको पीपीएल क्रिकेट प्रतियोगिता कात्तिकमा हुने
    १६ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    amrit neupane thag
    ३ हफ्ता अघि

    पाँच करोड भन्दा बढी ठगी गरेको आरोपमा धादिङका न्यौपाने पक्राउ

    सामाजिक सञ्जालबाट
    १

    बाइडेन र जेलेन्स्कीबीच ह्वाइट हाउमा वार्ता

    शुभयुग सम्वाददाता
    २

    क्यानडाबाट भारतीय भिसा बन्द

    शुभयुग सम्वाददाता
    ३

    क्यानडामा भारतीयलाई आक्रमण हुन सक्ने भन्दै ‘एडभाइजरी’ जारी

    शुभयुग सम्वाददाता
    ४

    चीनमा भीषण आँधीका कारण पाँच जनाको मृत्यु

    शुभयुग सम्वाददाता
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution