११ फागुन, काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल – नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले संसद पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलाले सत्यको जित भएको प्रतिक्रिया दिएका छन् ।
भोलिको लागि निर्धारित चितवनको विरोध सभा अब विजय सभामा परिणत हुने नेपालले बताए । उनले भने, ‘यता खुसीयाली छाएको छ । कतै बादल छाएको पनि होला । सत्यको जित भयो । न्यायको जित भयो। नेपाली जनताको जित भएकोमा हामी खुसी छौँ।’
संसद विघटनविरुद्ध भोलिको लागि निर्धारित विरोध सभामा सहभागी हुन चितवन पुगेका नेता नेपालले संसद पुनःस्थापना गर्ने सर्वोच्चको फैसलापछि प्रतिक्रिया दिँदै नेपाली जनताको जित भएकोमा खुसी लागेको बताएका हुन्।
संविधानलाई लिगमा ल्याउन ऐतिहासिक फैसला गरेको भन्दै नेपालले सर्वोच्च अदालत र न्यायाधीशहरुलाई धन्यवाद दिए ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar