२०८१ आश्विन २५, शुक्रबार
८ फागुन,काठमाण्डौं – बिश्वको एक सय गन्तव्य मध्येको एक सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका पर्यटकलाई आकर्षित गर्नका लागि यतिबेला विभिन्न विकास निमार्णको कार्यमा व्यस्थ छ ।
गाउँपालिकाले विकास निर्माणसंगै गाँउपालिका क्षेत्रभित्र रहेका विभिन्न पर्यटकीय स्थलको पहिचान गरी प्रचारप्रसारमा समेत जुटिरहेको छ । त्यस्तै हयोल्मो सँस्कृति झल्कने आर्कषक एकिकृत बस्ति, हेलम्बुको स्याउ र राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानि आयोजनाको ड्याम लगायतका क्षेत्रहरुका कारणपनि हेलम्बु पहिलेदेखीनै चर्चामा त थियो भने पछिल्लो समय नेपाल सरकारले अघी सारेको भिजिट नेपाल २०२० कार्यक्रमलाई लक्षित गरीे गाउँपालिकाले हिमालयन ग्रेट ट्रेल (पदमार्ग) निर्माणलाई तीव्रता दिएसंगै यतिबेला हेलम्बु गाँउपालिका अन्तराष्ट्रिय जगतमै चर्चा हुन थालेको छ ।
गाँउपालिकाले प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल रसुवाको गोसाइँकुण्डसँग हेलम्बुलाई जोड्ने उद्देश्यले पदमार्ग निर्माण कार्यलाई जोड दिएको हो । ६० किलोमिटर लामो हिमालयन हेलम्बु ग्रेट ट्रेल (पदमार्ग) निमार्णको काम अहिले धमाधम भइरहेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए ।
“स्वदेशी तथा विदेशी पर्यटकको आकर्षणको रुपमा रहेको सिन्धुपालचोक जिल्लाकै प्रमुख पर्यटकीय गाउँ हेलम्बु हुँदै रसुवाको लाङटाङ र गोसाइँकुण्ड जोड्ने पदमार्ग निर्माण कार्य तीव्र पारिएको हो । विभिन्न पर्यटकीय तथा धार्मिकस्थल हुँदै गोसाइँकुण्ड र लाङटाङ पुग्न सकिने गरी पुराना र नयाँ गरी दर्जनभन्दा बढी स्थानमा पदमार्ग बन्दै छ ।” गाँउपालिका अध्यक्ष शेर्पाले भने ।
गाँउपालिकाले पुराना पदमार्गलाई मर्मतसम्भार र नयाँ पदमार्गका लागि ट्रयाक खोलेर पदमार्ग बनाएको हो । यो पदमार्ग निर्माणले हेलम्बु गाउँपालिकाको पर्यटन प्रर्वद्धनलाई उकास्न कोशेढुंगा साबित हुने गाँउपालिका अध्यक्ष शेर्पाको विश्वास छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar