२०७९ जेष्ठ १५, आईतबार
२ फागुन,काठमाण्डौं – संसद विघटनविरुद्व परेको रिट निवेदनमाथिको सुनुवाईका क्रममा आजबाट फेरी रिट निवेदक तर्फका वकिलहले जवाफी बहस सुरु गर्ने भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली पक्षका वकिलहरुले गत बिहीबार प्रतिरक्षा बहस सकेपछि रिट निवेदक पक्षका वकिलहरुले आजबाट जवाफी बहस गर्न लागेका हुन् । उनीहरुले सरकार पक्षबाट बहस गरेकाहरुको जवाफ दिनेछन् ।
जवाफी बहस सकिएपछि संवैधानिक इजलासले एमिकस क्युरीको राय लिने छ । एमिकस क्युरीमा सर्वोच्च अदालत बार एसोसिएसनबाट अधिवक्ताद्वय पूर्णमान शाक्य र खगेन्द्रप्रसाद अधिकारी तथा केन्द्रीय नेपाल बार एसोसिएसनबाट वरिष्ठ अधिवक्तात्रय बद्रीबहादुर कार्की, सतीसकृष्ण खरेल र विजयकान्त मैनाली छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरिदिएकी थिइन् । संसद विघटन असंवैधानिक भएको जिकीर गर्दै सर्वोच्च अदालतमा १३ वटा रिट निवेदन दायर भएका थिए ।
अनामनगर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
प्रधान सम्पादक :
विवेक अर्याल ९८५१२२०८२०
कुवेत प्रतिनिधि : कमल सिंह