१४ पुष, काठमाडौं – नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सच्चिनका लागि अन्तिम मौका रहेको बताएका छन् । संसद विघटनको विरोधमा प्रचण्ड–माधव समूहले राजधानीमा गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीलाई सच्चिने अन्तिम मौका भएको र यदी यसलाई पनि बेवास्ता गरे आफूहरुले केही गर्न नसक्ने र परिणाम पनि नराम्रो हुने बताएका हुन् ।
दाहाल–नेपाल समूहले राजधानीमा गरेको विरोध सभामा अध्यक्ष नेपालले सुध्रिनुहुन्छ कि भनेर केन्द्रीय सदस्य, पार्टी सदस्यबाट नहटाएको भन्दै नत्र ‘भीरबाट लड्ने गोरुलाई राम राम भन्नेसम्म हो, काँध थाप्न सकिन्न’ भने ।
पार्टी अनुशासनको उल्लंघन गर्दै स्वेच्छाचारी कदम चालेपछि अध्यक्ष पदबाट हटाएपनि केन्द्रीय सदस्य र पार्टी सदस्यबाट नहटाएको उनले बताए । भने, ‘सुध्रिनिहुन्छ कि भनेर आशा गरेका छौं । केन्द्रीय सदस्य, पार्टी सदस्यबाट हटाएका छैनौं । अन्तिम मौका दिएका छौं ।’
ओलीलाई सुधार्न लागेकाहरुलाई उनले भने, ‘बालुवाटारको बालुवा पेल्दा तेल निकाल्न सक्नुभयो भने स्याबासी दिन्छु ।’
ओलीले गल्ती स्वीकारेर आएमा, असंवैधानिक कदमबाट पछि हटेर संसद पुनर्स्थापना गर्न तयार भएमा छलफल गर्न सकिे शर्त उनले सुनाए । यही बाटोमा हिँडे निरंकुश बाटो समातेका केपी ओली एण्ड प्रवृत्तिको अन्त्य हुने उनले बताए ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar