• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७९ जेष्ठ ४, बुधबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com शेरबहादुर देउवा
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

गठबन्धनले निर्वाचनमा धाँधली गर्यो : एमाले

२ दिन अघि
२

३६ स्थानीय तहको नतिजा सार्वजनिक : कहाँ कसले जित्यो ?

२ दिन अघि
३

पद्मा अर्यालको श्रीमान लक्ष्मिपतिलाई वडा सदस्यमै हराइदिने २६ वर्षिय संभव अर्याल को हुन् ?

२ दिन अघि
४

बेनिघाट रोराङ ४ मा माओवादी केन्द्रका राजु मगर विजयी

२ दिन अघि
५

काठमाडौं महानगरमा बालेन शाहको अग्रता

४ दिन अघि
६

किरान्चोकमा मतदातालाई मतदानबाट वञ्चित गरेको भन्दै पुन मतदान गर्न माग

४ दिन अघि
७

मनाङको चामे गाउँपालिका ५ मा गोलाप्रथा गर्दा एमाले बिजयी

४ दिन अघि
८

उम्मेदवारहरुको मृत्युपछि यी स्थानीय तहमा निर्वाचन सर्‍यो

६ दिन अघि
९

नेकपा बहुमतका संयोजक धर्मेन्द्र बाँस्तोला रिहा

६ दिन अघि
१०

लुम्विनी विकास बैकको ऋणपत्र

६ दिन अघि
११

नौ जना उम्मेदवारको मृत्यु

६ दिन अघि
१२

परिचय खुल्ने जुनसुकै कागजातबाट मतदान गर्न पाइने

६ दिन अघि

महिनाभर प्रचलित रहेका

  • pramod १

    गजुरीमा एकिकृत समाजवादीबाट पनि उम्मेद्वारी दर्ता : यस्तो छ प्रमोद रुपाखेतीको टिम

    ३ हफ्ता अघि
  • suman kharel oda २

    वडा अध्यक्षको लागि गजुरीमा सुमन खरेलको स्वतन्त्र उम्मेद्वारी दर्ता

    ३ हफ्ता अघि
  • chunab charcha ३

    चुनावी चर्चा : गठबनधनबाट सिद्धलेकको उपाध्यक्षकी उम्मेदवार सविता अर्यालको यस्तो छ राजनितीक ईतिहाँस

    २ हफ्ता अघि
  • bhuban tripathi case ४

    एमालेका वडाध्यक्ष उम्मेदवारमाथी करोडौं राजश्व छलिको आरोप पुष्टि गर्ने उजुरी दर्ता : उम्मेदवारी नै खारेज हुनसक्ने

    ३ हफ्ता अघि
  • ram ५

    ‘अर्काको श्रीमती भगाउने’लाई वडाध्यक्षको टिकट

    १ हफ्ता अघि
  • sabita and parshuram ६

    सिद्धलेकमा गठबन्धनद्धारा उम्मेदवारी दर्ता : अध्यक्षमा खतिवडा र उपाध्यक्षमा अर्याल

    ३ हफ्ता अघि
  • rakim ansari ७

    सिद्धलेक ५ बाट रकिम अंसारीको स्वतन्त्र उम्मेदवारी

    ३ हफ्ता अघि
  • benighat rorang ८

    बेनिघाट रोराङमा गठबन्धनबाट थपलिया र श्रेष्ठको उम्मेदवारी

    ३ हफ्ता अघि
  • gathabandhan vs uml ९

    धादिङमा एमाले र गठबन्धनबाट क-कस्ले दिए उम्मेदवारी : विवरण सहित

    ३ हफ्ता अघि
  • thakre १०

    धादिङमा गाँउपालिका अध्यक्षमा एमालेबाटै दुईजनाको उम्मेद्वारी : स्थीती तनावग्रस्त

    ३ हफ्ता अघि
  • स्वास्थ्यमन्त्री ढकालको स्पष्टीकरण: स्वास्थ्य सामग्री खरिदमा मेरो संलग्नता छैन

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ पौष ४, शनिबार (१ साल अघि)
  • ४३५ पाठक संख्या
  • bhanubhakta-dhakal_ZROmm7FKWB

    ४ पुष,काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री खरिद प्रक्रियामा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको शुक्रबारको बैठकमा उपस्थित भएका मन्त्री ढकालले स्वास्थ्य सामग्री खरिदमा आफ्नो कुनै संलग्नता नभएको बताएका हुन् ।

    उनले स्वास्थ्य सामग्री खरिदमा आर्थिक र अन्य विषयसँग सरोकार राख्ने र त्यसलाई प्रभावित गर्ने कुरामा आफ्नो संलग्नता नरहेको स्पष्ट पारेका छन् । तर आफुले मन्त्रालयको नेतृत्व गरेको हिसाबले महामारीको विरुद्धमा सहजिकरण गर्ने खालको सन्दर्भमा नीतिगत रुपमा मन्त्रिपरिषद्मा प्रस्ताव पठाउने विषयमा मात्रै सहमति जनाएको बताए ।

    ‘यसमा मन्त्रीको हिसाबले, मन्त्रालयमा नेतृत्व गरेको हिसाबले आर्थिक र अन्य विषयसँग सरोकार राख्ने, त्यसलाई प्रभावित गर्ने खालको विषयमा मेरो संलग्नता नरहेको र महामारीका विरुद्ध सहजिकरण गर्ने खालको सन्दर्भमा नीतिगत रुपमा मन्त्रिपरिषद्मा प्रस्ताव पठाउने खालको विषयमा मन्त्रीको हिसाबले सहमति जनाएको छु ।’, उनले भने ।

    आफुले सहजिकरणका लागि मात्रै नीतिगत हिसाबले मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने र तलबाट उठेको विषयलाई स्वीकृति दिने काम मात्रै गरेको बताए । त्यसबाहेक अतिरिक्त कार्यादेश र अतिरिक्त हस्तक्षेप आफुले नगरेको पनि दावी गरे । उनले भने ‘भएका विषयहरुलाई सहजिकरण गर्न अप्ठेरो परिस्थितिको सामना गर्ने विषयमा नीतिगत हिसाबले मन्त्रिपषिद्मा यो प्रस्ताव लाने, तलबाट उठेको विषयलाई मैले स्वीकृति दिएको मात्र हो । यसमा अतिरिक्त कार्यादेश र अतिरिक्त हस्तक्षेपको विषय नभएको व्यहोरा पनि म सादरपुर्वक अनुरोध गर्न चाहन्छु ।’

    मन्त्री ढकालले चैत ९ गते मन्त्रिपरिषदको निर्णय भए अनुरुप र चैत ११ गते उच्चस्तरिय समन्वय समितिको बैठकले गरेको निर्णयलाई कार्यान्वयन गर्ने सम्बन्धमा १२ गतेका निर्णयहरु भएको बताए । तर आफु १२ गते १ बजे देखि ३ बजेसम्म स्वास्थ्य सेवा विभागले आयोजना गरेको कार्यक्रममा सहभागि भएको तर त्यसपछिका कुनैपनि कार्यक्रममा सहभागि नभएको समेत बताए । त्यसपछिका सबै प्रक्रियामा स्वास्थ्य सेवा विभागका तत्कालिन महानिर्देशककै नेतृत्वमा कामहरु भएको पनि बताए । उनले भने ‘१२ गते स्वास्थ्य सेवा विभागको आयोजनामा मन्त्रालयमा हामीले भेला गरेका थियौं । त्यो कार्यक्रमको प्रमुख अतिथिको रुपमा म उपस्थित छु र एक बजे देखि तीन बजेसम्म त्यो कार्यक्रम भयो । त्यस्ता कार्यक्रमहरु पनि चरणचरणमा भएका थिए । त्यो भन्दा पछि ७ वटा समूह छनोट गर्ने कुरा त्यो पछिका अरु प्रक्रियामा सम्बन्धित विभाग र विभागको महानिर्देशक कै नेतृत्वमा यी कामहरु भएका हुन् ।’

    खरिद प्रक्रियामा मन्त्रीको स्वास्थ्य विज्ञ सहभागि हुने विषयमा समेत मन्त्री स्तरबाट कुनै निर्णय नभएको पनि मन्त्री ढकालले बताए । तत्कालिन महाप्रबन्धकको तर्फबाट मन्त्रीको विज्ञ सल्लाहकार त्यो विषयको जानकार भएको कारणले त्यस सम्बन्धी जानकारी लिनलाई सहमागि गराइएको बताए । खरिदका लागि सम्झौतागर्ने, सम्झौता खारेज गर्ने सबै अधिकार पूर्णरुपमा महाप्रबन्धकको भएकाले पनि आफुसँग सम्बन्धित नरहेको समेत बताए ।

    ‘सम्झौता गर्ने, सम्झौता खारेज गर्ने, आर्थिक अधिकार देखि यो सम्पूर्ण विषयमा कानुनतःपनि यो महाप्रबन्धकको अधिकार भएको व्यहोरा म सम्मानित समितिलाई जानकारी गराउन चाहन्छु र १९ गते स्वयं महाप्रबन्धकले यो सम्झौता एकपक्षिय ढंगले खारेज गर्नुभएको कारणले पनि कानूनतः यो विषय त्यहीसँग सम्बन्धित हो भन्ने कुरा छ । यसमा परिस्थिति गम्भीर, अप्ठेरो, सामग्रीहरुको अभावमा भयाभह हुनसक्ने स्थितिलाई मध्यनजर राखेर छिटो छरितो गर्ने विषयमा सहजिकरण गर्नको निम्ति मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने विषयमा मन्त्रीको हैसियतले मैले सहमति जनाएको थिएँ ।’, उनले भने ।

    प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • गठबन्धनले निर्वाचनमा धाँधली गर्यो : एमाले

  • ३६ स्थानीय तहको नतिजा सार्वजनिक : कहाँ कसले जित्यो ?

  • पद्मा अर्यालको श्रीमान लक्ष्मिपतिलाई वडा सदस्यमै हराइदिने २६ वर्षिय संभव अर्याल को हुन् ?

  • बेनिघाट रोराङ ४ मा माओवादी केन्द्रका राजु मगर विजयी


  • समाचार
  • १

    गठबन्धनले निर्वाचनमा धाँधली गर्यो : एमाले
    २ दिन अघि

  • २

    ३६ स्थानीय तहको नतिजा सार्वजनिक : कहाँ कसले जित्यो ?
    २ दिन अघि

  • ३

    पद्मा अर्यालको श्रीमान लक्ष्मिपतिलाई वडा सदस्यमै हराइदिने २६ वर्षिय संभव अर्याल को हुन् ?
    २ दिन अघि

  • ४

    बेनिघाट रोराङ ४ मा माओवादी केन्द्रका राजु मगर विजयी
    २ दिन अघि

  • ५

    काठमाडौं महानगरमा बालेन शाहको अग्रता
    ४ दिन अघि

  • ६

    किरान्चोकमा मतदातालाई मतदानबाट वञ्चित गरेको भन्दै पुन मतदान गर्न माग
    ४ दिन अघि

  • ७

    मनाङको चामे गाउँपालिका ५ मा गोलाप्रथा गर्दा एमाले बिजयी
    ४ दिन अघि

  • ८

    उम्मेदवारहरुको मृत्युपछि यी स्थानीय तहमा निर्वाचन सर्‍यो
    ६ दिन अघि

  • ९

    नेकपा बहुमतका संयोजक धर्मेन्द्र बाँस्तोला रिहा
    ६ दिन अघि

  • १०

    लुम्विनी विकास बैकको ऋणपत्र
    ६ दिन अघि

  • सुभयुग प्रभाव सबै
    FB_IMG_1652488268870
    ४ दिन अघि

    किरान्चोकमा मतदातालाई मतदानबाट वञ्चित गरेको भन्दै पुन मतदान गर्न माग

    सामाजिक सञ्जालबाट
    १

    कतार कारागारमा रहेका २१ नेपालीलाई माफी

    subhayug
    २

    इण्डोनेशियाले रोक्यो पाम तेलको निर्यात : विश्व बजारमा खानेतेलको मूल्य अझ बढ्ने

    subhayug
    ३

    विदेशी षड्यन्त्रका कारण संसद् विघटन : इमरान खान

    subhayug
    ४

    एनआरएनएका युवा संयोजकद्वारा मनोनित पद अस्वीकार : शुल्कसमेत फिर्ता मागे

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd. द्वारा संचालि

    शुभयुगडट कम का लागि

    अनामनगर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९

    धादिङ कार्यालय

    गजुरी १ गजुरीबजार, धादिङ

    सिद्धलेक ४ आरुवासटार,धादिङ

    हाम्रो टीम

    प्रधान सम्पादक :
    विवेक अर्याल ९८५१२२०८२०

    कुवेत प्रतिनिधि : कमल सिंह

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution