• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७९ चैत्र ६, सोमबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com बागमती प्रदेश
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

रवि लामिछानेको टिभीले दिएन पत्रकारहरुलाई महिनौंदेखिको तलब : भिडियो सहित

६ घण्टा अघि
२

रविलाई मुद्दा नचल्ने निर्णयको फाइल महान्यायाधिवक्ताको कार्यालयमा पठाईयो

७ घण्टा अघि
३

स्ववियु निर्वाचन : धादिङका २ क्याम्पसमा माओवादी निकट विद्यार्थी संगठन विजयी

१ दिन अघि
४

विराटनगरमा निषेधाज्ञा तोड्दै प्रदर्शन : प्रहरीद्वारा हवाई फायर

१ दिन अघि
५

बाजुराको बुढीनन्दा क्याम्पसमा गठबन्धन र अनेरास्ववियुबीच झडप : स्थीती तनावग्रस्त

१ दिन अघि
६

राहदानी प्रकरणमा रविमाथि मुद्दा नचलाउने सरकारी वकिल कार्यालयको निर्णय

१ दिन अघि
७

प्रधानमन्त्रीलाई विश्वासको मत दिने एकीकृत समाजवादीको निर्णय

१ दिन अघि
८

भानु पार्क मिचेर पानी ट्याँकी निर्माण

१ दिन अघि
९

सरकारमा सहभागी हुने कांग्रेसको निर्णय : मन्त्री छान्न बनायो एस्तो मापदण्ड

१ दिन अघि
१०

रुसी राष्ट्रपति पुटिनलाई पक्राउ गर्न आदेश

२ दिन अघि
११

उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित

३ दिन अघि
१२

क्रिकेट टिमलाई मुख्यमन्त्री जमकट्टेलले जनही १ लाख दिने

३ दिन अघि

महिनाभर प्रचलित रहेका

  • rajendra pande photo १

    गृहसहित तिन मन्त्रालय लिएर सरकारमा जान्छौं : राजेन्द्र पाण्डे

    ३ दिन अघि
  • kiran bajracharya photo subhayug २

    नयाँ आईजीमा बज्राचार्यको सम्भावना बलियो : प्रहरी संगठनले पाँउदैछ यसपटक महिला नेतृत्व

    ३ दिन अघि
  • bidhya bhandari ३

    आलोचनै आलोचनामा बितेका राष्ट्रपति भण्डारीको ७ वर्ष

    ३ हफ्ता अघि
  • govinda ojha rajan ४

    के उपहार दिऊ तिमिलाई सोच्दै…..

    ३ हफ्ता अघि
  • oli prachanda bardali photo ५

    प्रचण्ड ओली सम्बन्धमा ‘चस्केको बार्दली’ सहमति

    २ हफ्ता अघि
  • nepse down ६

    सेयर गिरावटले डेढ वर्षमा लगानीकर्ताको साढे १५ खर्ब घट्यो

    २ हफ्ता अघि
  • subash-nembang ७

    आफ्नै नाममा राष्ट्रिय सहमति हुनसक्ने सुवास नेम्बाङको दावी

    ३ हफ्ता अघि
  • uml bagmati ८

    निर्वाचन सकिएको ३ महिनापछि बागी उम्मेदवारलाई कार्वाही

    ३ हफ्ता अघि
  • medicine ९

    कञ्चनपुरमा अवैध रुपमा नेपाल भित्र्याईएको १० लाख बढीको औषधी बरामद

    २ हफ्ता अघि
  • pradesh sarkar १०

    ओली प्रचण्ड गठबन्धन टुटेपछी के हुन्छ प्रदेश सरकार ?

    २ हफ्ता अघि
  • नेकपा भित्रको किचलो : विवाद बिसाएर गुट भेलामा सक्रिय हुँदै नेताहरु

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ मंसिर २७, शनिबार (२ साल अघि)
  • ३२४ पाठक संख्या
  • nekapa dhumbarahi

    २७ मंसिर,काठमाडौं – पछिल्लो समय सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरू विवादलाई थाति राख्दै गुटको भेलामा सक्रिय हुन थालेका छन् ।

    भोली मंसिर २८ गते स्थायी कमिटी बैठक बोलाईए पनि त्यसअघि सहमतिको सम्भावना न्यून देखिएपछि पार्टिका दुवै पक्षका नेताहरु नै गुट सक्रिय बनाउन लागेका छन् ।  प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली संसदीय दलमा बहुमत कायम गर्ने ध्यानमा केन्द्रित देखिएका छन् । अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल भने गुटको भेला गर्न सक्रिय भएका छन् ।

    दाहाल-नेपाल पक्षले बिहीबार गोप्य रूपमा बागमती प्रदेशस्तरीय भेलाको आयोजना गरेर फुटसम्मको अवस्थाको सामना गर्न तयार रहन निर्देशन दिएका छन् । आगामी परिस्थितिको कसरी सामना गर्ने भन्नेमा केन्द्रित भेलामा प्रदेशका १४ जिल्लाका आपूm पक्षीय इन्चार्ज, सहइन्चार्जहरू, अध्यक्ष र सचिवहरू सहभागी भएका थिए ।

    अध्यक्ष दाहालले भेलामा ओलीबाट धेरै अपमान सहेको भन्दै अब कडा एक्सनमा जाने बेला आएको बताएका थिए । उनले के विषयमा अपमान गरेको भनेर नबताए पनि बहुमतले निर्णय लिन सक्ने अवस्थामा पुग्ने बताएको एक नेताले जानकारी दिए । उनका अनुसार दाहाल केही नरम रूपमा प्रस्तुत भए पनि नेता नेपाल भने ओलीविरुद्ध निक्कै कडा रूपमा प्रस्तुत भएका थिए । नेता नेपालले प्रधानमन्त्री ओलीको दम्ब, अहंकार र घमण्डलाई चकनाचुर बनाउनैपर्ने बताएका थिए । ‘के छोड्ने, नछोड्ने, हटाउने र नहटाउने भन्ने कुरा उहाँमा भर पर्छ । कमिटीमा आएर कमिटीको मन जित्नुभयो भने किन हटाउनुप¥यो । तर, अब बैठकमा नआउने हो भने निर्णय गर्न बाध्य भइन्छ,’ नेपालको भनाइ उदृत गर्दै अर्का एक नेताले भने, ‘कमिटीका बैठक फेस गर्ने हो भने धेरै कुरा मिलिहाल्छ नि । केपी ओलीको दाउपेच अब समाप्त भएको छ । अब दुई अध्यक्ष मिलेपछि पार्टी निर्णय भन्ने अध्याय समाप्त भयो ।’

    दाहाल-नेपाल पक्षले गरेको भेला यो पहिलोपल्ट होइन । यसअघि २० मंसिरमा काठमाडौं क्षेत्र नम्बर ३ मा दाहाल-नेपाल पक्षको अगुवा कार्यकर्ताको भेला भएको थियो । भेलामा वागमती प्रदेश इञ्चार्ज अष्टलक्ष्मी शाक्य, प्रदेश अध्यक्ष दाहाल लगायतका नेताहरूको सहभागिता थियो । त्यसअघि १९ मंसिरमा काठमाडौंस्थित थापाथली क्याम्पसमा दाहाल-नेपाल पक्षका विद्यार्थीहरूले भेला आयोजना गरेका थिए । भेलामा शाक्य, पम्फा भुसाल, रामकुमारी झाँक्री र लेखनाथ न्यौपाने लगायतका नेताहरूको सहभागिता थियो ।

    यता, ओली पक्ष भने आफ्नो रणनीति बनाउन व्यस्त रहेको छ । बालुवाटारमा दैनिकजसो नेताहरूबीच छलफल चलिरहेको छ । स्थायी कमिटीले एक मात्र एजेन्डा ‘पार्टीभित्रका समस्या’ बनाएपछि ओली बैठकमा सहभागी हुने तयारीमा छन् । ओलीले स्थायी कमिटी बैठककै दिन बिहान संवैधानिक परिषद्को बैठक बोलाएका छन् । एक वर्षपछि पहिलोपटक बोलाइएको बैठकमा कुनै निर्णय गरेर उनी स्थायी कमिटी बैठकमा जाने तयारीमा छन् । विशेषगरी नेकपाभित्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा कसलाई नियुक्त गर्ने भन्नेमा विवाद छ । प्रायः सबै नेताहरू कुनै न कुनै घोटलामा मुछिएकाले अख्तियारबाट बच्नका लागि आफ्नो मान्छे त्यहाँ पु¥याउने दाउमा छन् ।

    नेकपा संसदीय दलका उपनेतासमेत रहेका ओलीनिकट स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले भने सहमतिको प्रयास भइरहेको बताए । ‘प्रत्यक्ष र अप्रत्यक्ष रूपमा दुई अध्यक्षबीच संवाद र कुराकानी भइरहेको छ,’ नेम्वाङले भने, ‘कतिपय अवस्थामा हामीले पनि संवादको मध्यस्थता गरिरहेका छौँ । यसअघि देखिएको संवादहीनता तोडिएको स्थिति छ । परिस्थिति सकारात्मक दिशातर्फ जाने सम्भावना देखिन्छ ।’

    ओली पक्षले यसअघि पनि मदन भण्डारी फाउन्डेसनबाट विभिन्न जिल्लामा गतिविधि गर्दै आएको छ । सो गतिविधिलाई दाहाल–नेपाल पक्षले गुटको भेलाको नाम दिँदै आएका छन् । विवाद जारी रहेकै बेला बुधबार ओली र दाहालबीच भेटवार्ता पनि भएको थियो । भेटमा उनीहरूबीच कुनै सहमति नभएको बताइएको छ । यसअघि ओली र दाहालले पेस गरेको राजनीतिक प्रस्ताव र पत्रमा एक अर्कामाथि गुटबन्दीको आरोप लगाएका थिए ।

    प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • रवि लामिछानेको टिभीले दिएन पत्रकारहरुलाई महिनौंदेखिको तलब : भिडियो सहित

  • रविलाई मुद्दा नचल्ने निर्णयको फाइल महान्यायाधिवक्ताको कार्यालयमा पठाईयो

  • स्ववियु निर्वाचन : धादिङका २ क्याम्पसमा माओवादी निकट विद्यार्थी संगठन विजयी

  • विराटनगरमा निषेधाज्ञा तोड्दै प्रदर्शन : प्रहरीद्वारा हवाई फायर


  • समाचार
  • १

    रवि लामिछानेको टिभीले दिएन पत्रकारहरुलाई महिनौंदेखिको तलब : भिडियो सहित
    ६ घण्टा अघि

  • २

    रविलाई मुद्दा नचल्ने निर्णयको फाइल महान्यायाधिवक्ताको कार्यालयमा पठाईयो
    ७ घण्टा अघि

  • ३

    स्ववियु निर्वाचन : धादिङका २ क्याम्पसमा माओवादी निकट विद्यार्थी संगठन विजयी
    १ दिन अघि

  • ४

    विराटनगरमा निषेधाज्ञा तोड्दै प्रदर्शन : प्रहरीद्वारा हवाई फायर
    १ दिन अघि

  • ५

    बाजुराको बुढीनन्दा क्याम्पसमा गठबन्धन र अनेरास्ववियुबीच झडप : स्थीती तनावग्रस्त
    १ दिन अघि

  • ६

    राहदानी प्रकरणमा रविमाथि मुद्दा नचलाउने सरकारी वकिल कार्यालयको निर्णय
    १ दिन अघि

  • ७

    प्रधानमन्त्रीलाई विश्वासको मत दिने एकीकृत समाजवादीको निर्णय
    १ दिन अघि

  • ८

    भानु पार्क मिचेर पानी ट्याँकी निर्माण
    १ दिन अघि

  • ९

    सरकारमा सहभागी हुने कांग्रेसको निर्णय : मन्त्री छान्न बनायो एस्तो मापदण्ड
    १ दिन अघि

  • १०

    रुसी राष्ट्रपति पुटिनलाई पक्राउ गर्न आदेश
    २ दिन अघि

  • सुभयुग प्रभाव सबै
    rabi lamichhane
    २ महिना अघि

    समाचार प्रभाव : फरार सांसद महतोलाई पक्राउ गर्न गृहमन्त्री लामिछानेको निर्देशन

    सामाजिक सञ्जालबाट
    १

    रुसी राष्ट्रपति पुटिनलाई पक्राउ गर्न आदेश

    subhayug
    २

    बीबीसीमाथि अन्तर्राष्ट्रिय करमा अनियमितता गरेको आरोप : कार्यालयमा आयकर विभागको छापा

    subhayug
    ३

    टर्की भूकम्पमा मृत्यु हुनेको संख्या २३ हजार नाघ्यो

    subhayug
    ४

    अमेरिकाको आकाशमा चिनियाँ ‘जासुसी’ बेलुन

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution