७ मंसिर, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले चारैवटा सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरेका छन् ।
आज आइतबार दिउँसो प्रधानमन्त्री ओलीले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलाई बालुवाटारमा बोलाएर छलफल गरेका हुन् ।
यद्धपी ओलीले सुरक्षा निकायका प्रमुखसँग के विषयमा छलफल भयो भन्ने खुलाईएको छैन ।
उता प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भने उक्त छलफल नियमित भएको बताएका छन् ।